close

नागरिक एपमा एमआरपी वा पासपोर्ट साइजको फोटो अपलोड गर्न आग्रह

टेकपाना टेकपाना

असोज ५, २०७९ १४:२२

नागरिक एपमा एमआरपी वा पासपोर्ट साइजको फोटो अपलोड गर्न आग्रह

काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप सञ्चालन गरिरहेको छ ।

तर सेवाग्राहीहरूले यो एपलाई लिएर सुरुवातदेखि ने विभिन्न गुनासो गरिरहेका छन् ।

केही सेवाग्राहीले फोटो अपलोड गर्दा समस्या सामना गरिरहेको उल्लेख गरेका छन् ।

यसैबीच एक सूचना जारी गर्दै नागरिक एपले एमआरपी वा पासपोर्ट साइजको फोटो मात्र अपलोड गर्न आग्रह गरेको छ ।

साथै अपलोड गरेको  फोटोहरुमा क्लिन ब्याकग्राउन्ड छैन भने पनि त्यस्ता फोटोहरुलाई अस्वीकृत गरिने जनाइएको छ ।

आवश्यक सहायताका लागि ११०१ मा फोन गर्न सकिने एपले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ १४:२२