close

खल्तीलाई आईएसओ २७००१:२०१३ मान्यता

टेकपाना टेकपाना

असोज ५, २०७९ १५:२४

खल्तीलाई आईएसओ २७००१:२०१३ मान्यता

काठमाडौं । डिजिटल वालेट खल्ती आईएसओ २७०००१:२०१३ बाट प्रमाणीकरण भएको छ ।

उच्च गुणस्तरको सेवा उपलब्ध गराए बापत इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम विधामा आईएसओ २७००१:२०१३ बाट प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ ।

यस किसिमको प्रमाणीकरणले खल्तीको दायरा अन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डेटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुरा थप प्रमाणित भएको खल्तीका प्रमुख प्रविधि अधिकृत धुर्ब अधिकारीले बताए ।

"कम्पनीले प्रयोगकर्ताको डेटा सुरक्षा, सर्भिस कन्ट्युनिटी प्लान, त्यसमा हुन सक्ने जोखिम व्यवस्थापन कसरी गरिरहेको छ भन्ने कुरालाई आधार बनाई मानकीकरणका लागि अन्तर्राष्ट्रिय संगठन (आईएसओ – International Organization For standardization) ले मान्यता दिएको छ," उनले भने, "उक्त संगठनले आईएसओ प्रमाणीकरण हुन विभिन्न मापदण्ड तोकेको हुन्छ । ति सबै कुरालाई पूरा गरी प्रमाणीकरण पाउन हामीलाई एक वर्ष लाग्यो ।"

राष्ट्र बैंकको नियमनमा डिजिटल भुक्तानी प्रदायक आईएसओ प्रमाणीकरण भएको हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । आईएसओ २७००१:२०१३ बाट प्रमाणीकरण पाउँदा कम्पनीले डेटा सुरक्षालाई कसरी सम्बोधन गरेको छ भन्ने कुरा प्रमाणित भएको उनले बताए।

 

 

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ १५:२५