close

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’, सामान खरिदमा ६७ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज ६, २०७९ ८:३६

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’, सामान खरिदमा ६७ प्रतिशतसम्म छुट

काठमाडौं  । ई–कमर्श प्लेटफर्म स्मार्ट डोकोले ‘बडा दशैं कडा अफर’ नामक योजना ल्याएको छ ।

यस अन्तर्गत इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

ग्राहकले हरेक दिन पेबल स्मार्टवाच र बम्पर उपहारमा एकजनाले सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने बताइएको छ ।

उक्त योजनामार्फत ग्राहकले हिमालयन बैंकमा १ हजार रुपैयाँसम्मको क्याशब्याक पाउनसक्नेछन्, जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्नसक्ने बताइएको छ ।

यसैगरी ग्राहकले ‘१ रुपैयाँ गेम’मा सहभागी भएर विभिन्न रोमाञ्चक उपहार जित्न सक्नेछन् ।

त्यस्तै काठमाडौं उपत्यकाभित्रका ग्राहकले रू. ७५० को न्यूनतम अर्डर मूल्यमा निःशुल्क डेलिभरीको सुविधा पाउने जनाएकाे छ ।

कम्पनीका अनुसार स्मार्ट डोकोमा ५० हजारभन्दा पनि बढी सामान उपलब्ध छन्, जसमा बेबीकेयर, इलेक्ट्रोनिक्स, किराना सामान, स्वास्थ्य, फेसनलगायतका वस्तु छन् ।

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ ८:४०