close

नेपाल भित्रियो ओला ब्राण्डको विद्युतीय स्कुटर

टेकपाना टेकपाना

असोज ७, २०७९ १०:३३

नेपाल भित्रियो ओला ब्राण्डको विद्युतीय स्कुटर

काठमाडौं । भारतीय ब्रान्ड ओलाको विद्युतीय स्कुटर नेपाली बजारमा भित्रिएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले विहीबार राजधानीमा आयोजित 'नाडा ईभी एक्स्पो २०२२' को अवसरमा नेपाल भित्र्याएको हो ।

हाल ओलाले ‘एस वन’ र ‘एस वन प्रो’ गरी दुई मोडलका विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । ओलाले सार्वजनिक गरेको एसवान प्रो मोडेल र एसवानमा ८.५ किलोवाट इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

प्रतिघण्टा ९० किलोमिटर उच्च गति रहेको ‘ओला एस वन’ सिंगल चार्जमा १२१ किलोमिटरसम्म गुड्नसक्ने कम्पनीका दाबी छ ।

त्यस्तै एस वन प्रोले एक पटकको फुल चार्जमा १८१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ, जसको उच्च गति ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

हाल प्रदर्शनीमा मात्र राखिएको यो विद्युतीय स्कुटर आगामी महिनासम्म आधिकारिक रूपमा बजारमा आउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १०:३३