close

वेबसर्फरको दशैं अफर, १९ हजार रूपैयाँमा दुई वर्षका लागि १११ एमबीपीएस इन्टरनेट र आईपीटीभी

टेकपाना टेकपाना

असोज ७, २०७९ १८:७

वेबसर्फरको दशैं अफर, १९ हजार रूपैयाँमा दुई वर्षका लागि १११ एमबीपीएस इन्टरनेट र आईपीटीभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वेबसर्फर दशैं अफर ल्याएको छ । कम्पनीले एक वर्ष र दुई वर्षका लागि इन्टरनेट र आईपीटीभी प्याकेज घाेषणा गरेकाे हाे ।

यसअन्तर्गत ग्राहकले साढे नाै हजार रूपैयाँमा एक वर्षका लागि १११ एमबीपीएसको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा राउटरको शुल्क ५०० समावेश गरिएको छ भने तार र इन्स्टलेसन निःशुल्क उपलब्ध हुनेछ ।

यो सेवा नवीकरण गर्नका लागि उपभोक्ताले वार्षिक नाै हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै एक वर्षका लागि १११ एमबीपीएस इन्टरनेट र एउटा आईपीटिभी वार्षिक साढे १२ हजार रुपैयाँ तिरेर खरिद गर्न सकिनेछ । त्यस्तै यो सेवा नवीकरण गर्नका लागि प्रयोगकर्ताले वार्षिक साढे ११ हजार रुपैयाँ तिरे पुग्छ ।

यसमा साढे १० हजार रुपैयाँ फाइबरनेटको समावेश गरिएको छ भने दुई हजार रुपैयाँ वेबसर्फरको आईपीटीभी शुल्कका रूपमा समावेश गरिएको छ ।

यो अफरमा तार र इन्स्टलेसन खर्च छुट गरिएको छ भने सेट-टप बक्सको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क ५०० रुपैयाँ कुल मूल्यमा नै समावेश गरिएको छ ।

त्यसैगरी कम्पनीले दुई वर्षका लागि १११ एमबीपीएस फाइबर इन्टरनेट र एउटा आईपीटीभी १९ हजार रूपैयाँमा उपलब्ध गराउने बताएको छ ।

यो सेवा प्रयोगकर्ताले वार्षिक १८ हजार रूपैयाँ तिरेर नवीकरण गर्नसक्ने छन् ।

यसैगरी कम्पनीले दुई वर्षका लागि १११ एमबीपीएस फाइबर इन्टरनेट र दुईओटा आईपीटिभी साढे २० हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

यो सेवा वार्षिक १९ हजार तिरेर प्रयोगकर्ताले नवीकरण गर्नसक्ने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १८:४५