close

दशैंमा भिभोका दुई नयाँ स्मार्टफोन, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असोज ८, २०७९ ११:२१

दशैंमा भिभोका दुई नयाँ स्मार्टफोन, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भिभोले नेपाली बजारमा ‘वाई’ सिरिजको दुई नयाँ स्मार्टफोन 'वाई१६' र 'वाई२२ एस' सार्वजनिक गरेको छ ।

२७,९९९ रुपैयाँ मूल्य भएको ‘वाई२२ एस’ मा स्न्यापड्रागन ६८० प्रोसेसर सहित ६ जीबी र्याम र १२८ जीबी स्टोरेज उपलब्ध छ । एआई पावर सेभिङ प्रविधिमा आधारित ५००० एमएएचको ब्याट्री भएको यो फोनमा १८ वाटको फास्ट चार्जर दिइएको छ ।

क्यामेराको लागि परिचित मानिने ‘वाई’ सिरिजको यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

क्यामेरामा सुपर नाइट मोड, सुपर नाइट सेल्फी, मल्टी-स्टाइल पोट्रेट, फेस ब्युटी, बुके लगायतका फिचर पनि समावेश  छन् ।

यस्तै फ्ल्याट फ्रेम डिजाइनमा बनेको वाई१६ मा मिडियाटेक हेलियो पी३५ अक्टाकोर प्रोसेसर छ ।

१३ मेगापिक्सेलको एआई डुअल क्यामेरा भएको यो फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ ।

फोनको मूल्य १९,९९९ रुपैयाँ तोकिएको छ ।   

 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १२:९