close

बुद्ध सिंह घलेको प्लेन बनाउने अनौठो शोख

बुद्ध सिंह घलेको प्लेन बनाउने अनौठो शोख

टेकपाना टेकपाना

असोज ८, २०७९ १३:५५

काठमाडौं । यो कथा हो एउटा अनौठो शोखको । जसको घरको कोठा मोड्युल हवाइजहाजले भरिएका छन् ।

दराज र र्याकहरू मोड्युल प्लेन बनाउने सरसामानले भरिएका छन् ।

दुई दशकदेखि नै उनको दिमागमा एयरक्राफ्टले कब्जा जमाइरहेको छ । अनि दैनिकी विभिन्न एयरक्राफ्टको मोड्युलबारे अध्ययन र परीक्षण गर्दैमा बितिरहेको छ ।

उनी हुन् बुद्ध सिंह घले, जो आफैंले बनाएको प्लेन चढेर उढ्ने लक्ष्य राख्छन् ।

यो लक्ष्य पूरा गर्न उनले आफ्नै घरको कोठामा सानो ल्याब बनाएका छन् । त्यहाँ नै संग्रहित छन् उनका बाल्यकालदेखि अहिलेसम्मका परिकश्रमका प्रतिफल ।

यसैबीच आज हामी यो भिडिओ मार्फत घलेको एयरक्राफ्टप्रतिको अनौठो प्रेम र उनका रोचक जीवन अनुभव प्रस्तुत गर्दैछौं ।

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १३:५५