close

'आईफोन १४ प्रो म्याक्समा छ विश्वकै सबैभन्दा राम्रो स्क्रिन'

टेकपाना टेकपाना

असोज ८, २०७९ १७:१२

'आईफोन १४ प्रो म्याक्समा छ विश्वकै सबैभन्दा राम्रो स्क्रिन'

काठमाडौं । बजारमा आएको नयाँ फोनहरूको क्यामेरा, स्क्रिन, साउन्ड लगायतको समीक्षा गर्ने डीएक्सओ मार्कले हालै सार्वजनिक भएको आईफोन १४ प्रो म्याक्सको पनि साउन्ड र स्क्रिनको परीक्षण गरेको छ ।

डीएक्सओ मार्कको यो परीक्षणमा एप्पलको आईफोन १४ प्रो म्याक्सले कुल १४९ अंक प्राप्त गरेको छ । आईफोन १४ को सिरिजमा १४ प्रो म्याक्सलाई निकै राम्रो मानिएको मोडल हो ।

यो फोन फ्लिम हेर्न, गेम खेल्न तथा गीत सुन्नको लागि भने उत्कृष्ट रहेको डीएक्सओ मार्कले उल्लेख गरेकाे छ ।

कम्पनीका अनुसार आईफोन १४ प्रो म्याक्सको डिस्प्लेको पफर्मेन्स उत्कृष्ट छ । ब्राइटनेस लेभलमा गरिएको सुधारका कारण यो फोनमा रंगहरू र अक्षरहरू आँखालाई सहज हुने खालको छ ।

घरबाहिर प्रयोग गर्दाको समयमा पनि यसको कलर कम्बिनेसनले प्रयोगकर्ताको आँखामा त्यति जोड नपर्ने बताइएको छ ।

त्यसैगरी यसमा भएको हाई ब्राइटनेसले गर्दा घरभित्र एचडीआर भिडिओहरूको अनुभव पनि राम्रो हुने बताइएको छ ।

यसैगरी गीत सुन्न र भिडिओ गेम खेल्नको लागि पनि यसले प्रयोगकर्तालाई राम्रो अनुभव दिने उल्लेख छ ।

साथै कन्सर्ट लगायत अन्य ठूला कार्यक्रमहरूको आवाज रेकर्ड गर्न पनि यो फोन उपयोगी हुने बताइएकाे छ । तर फुल भाेल्युममा गीत बजाउँदा भने आवाजमा केही खराबी देखिने उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १७:१२