close

लेभनिङ ब्रान्डको विद्युतिय स्कुटर खरिदमा नबिल बैंकले शून्य ब्याजदरमा २ लाखसम्मको ऋण दिने

टेकपाना टेकपाना

असोज ९, २०७९ ११:४०

लेभनिङ ब्रान्डको विद्युतिय स्कुटर खरिदमा नबिल बैंकले शून्य ब्याजदरमा २ लाखसम्मको ऋण दिने

काठमाडौं । चिनियाँ लेभनिङ (LVNENG) ब्रान्डको विद्युतीय स्कुटर खरिदमा नबिल बैंकबाट शून्य प्रतिशत व्याजदरमा दुई लाख रुपैयाँसम्म ऋण पाउने भएको छ । नेपालमा यो ब्रान्डको विद्युतीय स्कुटर ईभी मोटर्स नेपालले आधिकारिक रूपमा बिक्री गरिरहेको छ ।

कम्पनीले बिक्री गर्ने लेभनिङ ब्रान्डका नौ ओटा मोडलका स्कुटरमा बैंकले शून्य प्रतिशत ब्याजदरमा १८ महिनाका लागि दुई लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ । त्यसका लागि ग्राहकले कूल मूल्यबाट दुई लाख रुपैयाँ घटाएर बाँकी रकम सुरुमै भुक्तानी दिनुपर्ने हुन्छ । ईभी मोटर्स नेपालले हाल लेभनिङका नौ ओटा मोडेलका विद्युतीय स्कुटर र एउटा विद्युतीय साइकल नेपाल भित्र्याएको छ । कम्पनीले हाल एलएक्स ०१, एलएस ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स र एलएसक्स ०८ मोडेलका विद्युतीय स्कुटर बिक्री गरिरहेको छ ।

कम्पनीले उपलब्ध गराउने यी विभिन्न मोडेलका स्कुटरको मूल्य दुई लाख ८५ हजारबाट सुरु भएर ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको छ । यी विभिन्न मोडेलमा कम्पनीले दुई वर्षको वारेन्टी दिएको छ । साथै मोटर, ब्याट्री र कन्ट्रोलरमा समेत दुई वर्षको वारेन्टी पाउन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १३:१