close

चाडबाडमा खल्तीको ‘फुल’ अफर, क्यूआर स्क्यान गर्दा १० प्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

असोज ९, २०७९ १२:५९

चाडबाडमा खल्तीको ‘फुल’ अफर, क्यूआर स्क्यान गर्दा १० प्रतिशत क्याशब्याक

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले चाडबाडको अवसरमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । ‘खल्ती फुल अफर’ नामक अफरमा कम्पनीले प्रयोगकर्तालाई  युनियन पेको क्यूआरमा तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँसम्म) क्याश ब्याक दिने भएको हो ।

अफर अन्तर्गत गोल्ड स्टार ब्रान्डका जुत्ता खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटलमा ५०० रुपैयाँसम्म, स्केचर्समा २५० रुपैयाँसम्म बलेनो र साथी मार्टमा २०० रुपैयाँसम्म क्याश ब्याक प्राप्त गर्न सकिनेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठको खुसियालीमा आफूहरूले डिजिटल भुक्तानी मार्फत शपिङमा क्याश ब्याक अफर ल्याएको बताए । 

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १३:१०