close

युट्युबको अल्गोरिदमले रोक्न सक्दैन प्रयोगकर्ताले हेर्न नचाहेका भिडिओ

टेकपाना टेकपाना

असोज ९, २०७९ १४:२३

युट्युबको अल्गोरिदमले रोक्न सक्दैन प्रयोगकर्ताले हेर्न नचाहेका भिडिओ

काठमाडाैं । दर्शकलाई युट्युबले उनीहरूको अनुकुल भिडिओ हेर्नका लागि थुप्रै फिचरहरू प्रदान गरेकाे छ । जसमध्ये भिडिओमा डिसलाइक गर्नु पनि एक हाे । मन नपरेकाे भिडिओमा हामीले ‘थम्स डाउन’ अर्थात बुढी औँलाले तलतर्फ देखाएको आइकनमा क्लिक गरेर डिसलाइक गर्दछौँ । यसाे गर्दा युट्युबले तपाईँलाई मन नपर्ने भिडिओ भविष्यमा सिफारिस गर्दैन ।

तर हालै भएकाे एक अध्ययनले ‘डिसलाइक’ बटन थिच्दैमा यसले काम नगर्ने तथ्य बाहिर ल्याएको हो । स्वतन्त्र अनुसन्धानकर्ताले गरेको यो अध्ययनमा मोजिलाको ‘रिग्रेटर्स रिपाेर्टर’ नामक ओपेन साेर्स वेब एक्सटेन्सन प्रयाेग गरिएकाे थियो ।  

हजाराैँ युट्युब प्रयाेगकर्ता बीच गरिएकाे अनुसन्धानबाट डिसलाइक बटनले मुस्किलले १२  प्रतिशत मात्रै काम गर्ने तथ्य बाहिर आएकाे छ । साथै पहिले नै डिसलाइक गरेका भिडिओहरू जस्तै अरु थप भिडिओहरू पुन: आइरहेकाे पनि अनुसन्धानमा देखिएकाे छ ।

नचाहेका भिडिओ सिफारिस राेक्नका लागि ‘नट इन्ट्रेस्टेड’ बटनले  ११ प्रतिशत, ‘रिमुभ फ्रम वाच हिस्ट्री’ ले  २९ प्रतिशत काम गर्ने तथ्य अनुसन्धानबाट खुलेकाे छ । युट्युबमा आफूले नचाहेका भिडिओ सिफारिसहरू राेक्नका लागि ‘डन्ट रिकमेन्डेड च्यानल’ सबै भन्दा उपयुक्त रहेकाे कुरा अनुसन्धानबाट खुलेकाे छ । यसले  ४३ प्रतिशतसम्म काम गर्ने देखिएकाे छ । 

याे अनुसन्धानबाट प्रयोगकर्तालाई मन नपर्ने प्रकारका भिडिओ सिफारिस राेक्नका लागि राखिएका कुनै पनि कन्ट्राेलरले काम नगर्ने देखिएकाे छ । कतिपय प्रयाेगकर्ताले नचाहेकाे भिडिओहरू राेक्न इन्कग्निटो माेडबाट चलाउने, भीपीएन प्रयाेग गर्ने,  नियमित रूपमा कुकिज डिलिट गर्ने गरेको अनुसन्धानमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १६:३१