close

पीओएस र क्यूआर भुक्तानीमा हजार रुपैयाँसम्म क्याशब्याक दिँदै राष्ट्रिय वाणिज्य बैंक

टेकपाना टेकपाना

असोज ९, २०७९ १७:३१

पीओएस र क्यूआर भुक्तानीमा हजार रुपैयाँसम्म क्याशब्याक दिँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार, नेपाल संवत् तथा छठ लगायतका पर्वलाई लक्षित गर्दै पोइन्ट अफ सेल(पीओएस) र क्यूआर भुक्तानीमा क्याशब्याक अफर सञ्चालनमा ल्याएको छ । यो योजना सोमबार देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ ।

देशभर विभिन्न स्थानमा उपलब्ध बैंककै पीओएस मेसिनबाट बैंकको कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्याशब्याक उपलब्ध हुने बैंकले जनाएको छ । यस अन्तर्गत तीन देखी पाँच पटकको कार्ड स्वाइपमा ५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म क्याशब्याक उपलब्ध हुनेछ ।

त्यस्तै ६ देखी १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्याशब्याक हुने उल्लेख गरिएको छ ।

यसैगरी, गएको शुक्रबार देखि यही आउँदो १४ गतेसम्म र आउँदो कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा समेत बैंकले अफर ल्याएको छ । तोकिएको समयमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यासब्याक हुने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १७:४२