close

सामसङ इन्टरनेटबारे तपाईँलाई कति थाहा छ ? जानिराख्नुहोस् यी विषय

टेकपाना टेकपाना

असोज ९, २०७९ २१:११

सामसङ इन्टरनेटबारे तपाईँलाई कति थाहा छ ? जानिराख्नुहोस् यी विषय

काठमाडाैं । सामसङले आफ्ना प्रयाेगकर्तालाई विभिन्न फिचरबाट एकदमै भिन्न अनुभव प्रदान गर्दै आइरहेकाे छ । जसलाई थप प्रभावकारी बनाउन कम्पनीले आफ्नै एपहरु जस्तै: एप स्टाेर, ग्यालरी, फाइल म्यानेजर र वेब ब्राउजरकाे रुपमा ‘सामसङ इन्टरनेट’ उपलब्ध गराएकाे छ ।

सामसङले आफ्ना सबै फाेनहरूमा ‘सामसङ इन्टरनेट’ उपलब्ध गराउँछ । जसलाई हामीले अनइन्स्टल गर्नै सक्दैनाैँ । बढी प्रचलनमा गुगल क्राेम भए पनि ब्राउजिङका लागि सामसङ इन्टरनेट एक विकल्प हाे । आज हामी यसै ब्राउजरकाे बारेमा चर्चा गर्दैछाैँ । 

सामसङ इन्टरनेटकाे इतिहास

सन् २०१२ मा सामसङले आफ्ना ग्यालेक्सी डिभाइसहरूमा पूर्वनिर्धारित (डिफल्ट) ब्राउजरकाे रुपमा सामसङ इन्टरनेट सुरु गरेकाे थियाे । तर यो मोबाइल वा ब्राउजरका लागि मात्र भनेर बनाइएको थिएन । कम्पनीले ट्याब्लेट, गियर वाच, स्मार्ट टिभी, गियर भीआर लगायत अन्य घरेलु प्रविधि उपकरणहरूमा वेब प्रयाेग गर्ने उद्देश्यले यसलाई प्रचलनमा ल्याएकाे थियाे । 

सञ्चालनकाे शुरुवाती चरणमा याे क्राेममा आधारित थिएन । तर सन् २०१३ बाट भने ग्यालेक्सी एस फाेरबाट यसलाई क्राेममा आधारित ब्राउजर बनाएर प्रयोगमा ल्याइयो । त्यस्तै सन् २०१५ मा यो गुगल प्लेस्टाेरमा आयो । सामसङले सन् २०१६ मा प्रकाशित गरेकाे तथ्याङ्क अनुसार सामसङ इन्टरनेटका मासिक सक्रिय प्रयाेगकर्ताकाे सङ्ख्या ४० करोड रहेकाे थियाे । हालैका अध्ययनमा सामसङ इन्टरनेटले मोबाइल र ट्याब्लेट ब्राउजरकाे ५.४८ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

सामसङ इन्टरनेट ब्राउजरका विशेषता

सामसङ इन्टरनेटलाई उत्कृष्ट बनाउन यसमा अनेकौँ सुविधा थपिएका छन् । यसमा भएका विशेषताहरू यस्ता छन्;

१. पासवर्ड प्राेटेक्सन सिक्रेट माेड

यो माेड क्राेमकाे इन्कग्निटोसँग मिल्दोजुल्दो छ । यसमा  ब्राउजरमा पासवर्ड तथा फिङ्गरप्रिन्ट अथवा आईडी बचत र अनुहार पहिचान लगायतका सुविधाहरू छन् । यसबाहेक तपाईँले ग्यालरीबाट गोप्य मोड प्रयोग गरेर डाउनलोड गरेका फाइलहरू लुकाउन सक्नु हुन्छ ।

याे फिचर प्रयाेग गर्नका लागि निम्‍न प्रकृया अपनाउनुहाेस् ।

  • सामसङ  इन्टरनेट एप खाेल्नुहाेस् ।

  • तल दाँयातर्फ भएकाे ह्यामबर्गर बटनमा थिच्नु होस् । 

  • उपलब्ध विकल्प मध्येबाट सेटिङमा दबाउनु हाेस् ।

  • अब देखिएकाे ‘पर्सनल ब्राउजिङ डेटा’मा ट्याप गरी प्राइभेसीमा जानुहाेस् ।

  • सिक्रेट माेड सेटिङमा थिच्नुहोस् । 

  • अब अन्तिममा बलियाे र सुरक्षित पासवर्ड राख्नुहाेस् ।

 

२. प्राइभेसी ड्याशबाेर्ड

धेरै जसाे वेबसाइटहरूले पपअप ब्लकिङ फिचर र एन्टी-ट्र्याकिङकाे सुविधा प्रदान गर्दछन् । यद्दपी सामसङ इन्टरनेटले प्रयाेगकर्तालाई एक हप्ताभरकाे वेब ब्राउजिङकाे हिस्ट्रीको जानकारी ड्याशबोर्डमै देखाउँछ । त्यहाँ तपाईँ कुनकुन वेबसाइटबाट  ट्रयाकमा पर्नु भयाे, केके पपअप आए आदि जस्ता विवरण हेर्न सक्नु हुन्छ ।

साथै त्यहाँ स्मार्ट एन्टी-ट्र्याकिङ सुविधा पनि छ । जुन तपाईँले वेबमा आफूलाई ट्रयाक गर्ने वेबसाइटहरूलाई ब्लक गर्ने वा गोप्य मोड खोलेको बेला मात्र खुल्ने बनाउन  सक्नुहुन्छ।

 

स्मार्ट एन्टी-ट्र्याकिङ प्रयाेग गर्न:

  • पहिला सामसङ इन्टरनेट ब्राउजरको सेटिङमा जानुहाेस् ।

  • ब्राउजिङ प्राइभेसी ड्याशब्राेडमा थिच्नुहाेस् ।

  • अब स्मार्ट एन्टी ट्रयाकिङमा दबाउनु हाेस् ।

  • यति गरिसकेपछि त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् । 

३. भिडिओ असिस्टेन्ट

यो फिचरबाट सामसङले अनलाइन भिडियोहरूको लागि एक लेआउटकाे प्रयाेग गरी प्रयाेगकर्ताकाे अनुभवलाई सरल बनाउने प्रयास गरिरहेकाे छ । याे टूलले अटाे राेटेट, भिडिओकाे आकार परिवर्तन, लकिङ टु रेस्ट्रिक चेन्ज जस्ता सुविधाहरू प्रदान गरेकाे छ । 

 

याे फिचर प्रयाेग गर्न;

  • सुरुमा एप खाेल्नुहाेस् ।

  • सेटिङमा जानु हाेस् ।

  • ‘युजफुल फिचर’ मा थिच्नुहोस् ।

  • त्यसपछि त्यहाँ देखिएकाे  भिडिओ असिस्टेन्टमा दबाउनु हाेस् ।

 

४. ब्राउजुरलाई आफू अनुकूल बनाउने विकल्प

तपाईँले सामसङ इन्टरनेट ब्राउजरलाई आफू अनुकुल बनाउन सक्नु हुन्छ । यहाँ तपाईँले स्टाटस बार, ट्याब बार अथवा बुकमार्क देखाउने वा नदेखाउने जस्ता विकल्प रोज्न पाउनु हुनेछ । यसका लागि तपाईँले ‘लेआउट एण्ड मेनु’ मा क्लिक गरेर चलाउन सक्नु हुनेछ । 

सामसङ इन्टरनेट र गुगल क्राेम

माेबाइलमा ब्राउजरकाे कुरा गर्दा गुगल क्राेम छुटाइयाे भने कुरा नै अधुराे रहन्छ । आजसम्म गुगल क्राेमकाे डाउनलाेड १० अर्ब कटिसकेकाे छ । यी दुवैकाे कामकाे शैली एउटै प्रकारकाे छ । तर प्रयाेगकर्ता अनुकूल बनाउने, क्रश प्लेटफर्म सिंक्रोनाइजेसन जस्ता कुराहरूबाट यिनीहरूकाे भिन्नता पत्ता लाग्छ । गुगल क्राेमकाे तुलनामा सामसङ इन्टरनेटमा निकै धेरै कस्टमाइजेसनका विकल्प छन् । सामसङकाे सिक्रेट माेड गुगलकाे इन्कग्निटो भन्दा बढी सुरक्षित छ । 

तर मल्टी प्लेटफर्म सपाेर्ट र सिंक्रोनाइजेसनमा सामसङ भन्दा क्राेम बढी प्रभावकारी छ । यसका साथै तपाईँ फाेनसँगै अरु डिभाइसहरूमा पनि ब्राउजर चलाउनु हुन्छ भने क्राेम भन्दा राम्राे विकल्प अरु कुनै छैन । 

झन् धेरै प्रशंसा याेग्य छ सामसङ इन्टरनेट

सामसङलाई प्राय: ग्यालेक्सी फोनहरूमा भएकाे अनावश्यक एप (ब्लटवेयर) मानिन्छ। अझ तपाईँले यसलाई अनइस्टल पनि गर्न सक्नु हुन्न । तर यति हुँदाहुँदै पनि क्राेमसँग प्रतिस्पर्धा गर्ने क्षमता यसले राख्दछ । यो क्रस प्लेटफर्म सिंक नगर्ने ब्राउजरहरूमा एक उत्तम विकल्प हो । 

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १९:१४