काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप परिवर्तन गरेको छ । यसअघि ग्लोबल स्मार्ट रहेको बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसको रूपमा स्तरोन्नती भएको हो ।
यससँगै बैंकले अब उपरान्त ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाइल बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । बैंकले १० वर्ष अघि ल्याएको ग्लोबल स्मार्ट एप अब प्रयोग गर्ने छैन । जुन गुगल प्ले स्टोरमा मात्रै पाँच लाख भन्दा बढी पटक डाउनलोड भइसकेको थियो ।
यद्यपि बैंकले ३० अप्रिल २०२१ मा सार्वजनिक गरेको नयाँ एपको डाउनलोड समेत प्ले स्टोरमा एक लाख नाघिसकेको छ । नयाँ एप सजिलो र सुरक्षित रहेको बैंकले जनाएको छ । यद्यपि पुरानो एपलाई नै अपडेट नगरी त्यसको साटो नयाँ एप प्रचलनमा ल्याउनुको पछाडिको कारण भने बैंकले खुलाएको छैन ।
ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।