close

शिक्षकको फाँटबारी पठाउने व्यवस्था अनलाइनबाट

टेकपाना टेकपाना

असोज १०, २०७९ ९:३५

शिक्षकको फाँटबारी पठाउने व्यवस्था अनलाइनबाट

काठमाडौं । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटबारी अपलोड गर्ने र रकम पठाउने व्यवस्था सुरू गरेको छ ।

यसअघि कोषले कोषका कार्यक्रममा सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले कोषको खातामा अनलाइन प्रणालीबाट सोझै कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था थियो ।

सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय र विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहज हुने अपेक्षा कोषले गरेको छ । कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै ‘क’ वर्गका वाणिज्य बैंकहरूमा रहेको छ ।

सम्बन्धित कार्यालय, विद्यालयहरूले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्ने कोषले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:६