close

पहिलो पटक चीनबाहिर आयोजना भयो ‘ह्वावे कनेक्ट’, क्लाउडलाई विश्वव्यापी विस्तार गर्ने योजना

टेकपाना टेकपाना

असोज १०, २०७९ १२:९

पहिलो पटक चीनबाहिर आयोजना भयो ‘ह्वावे कनेक्ट’, क्लाउडलाई विश्वव्यापी विस्तार गर्ने योजना

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले बैंककमा ‘ह्वावे कनेक्ट २०२२’ आयोजना गरेको छ । यसअघिका वर्षहरुमा चीनमा आयोजना हुँदै आएको यो कार्यक्रम कम्पनीले पहिलो पटक चीनभन्दा बाहिर गरेको हो ।

कम्पनीका रोटेटिङ अध्यक्ष केन हुको प्रमुख वक्तव्यसहित आयोजना भएको कार्यक्रममा ह्वावे क्लाउडका प्रमुख कार्यकारी अधिकृत चाङ पिङआनले इन्डोनेसिया र आयरल्याण्डमा नयाँ परियोजना सुरु गर्ने विषय जानकारी दिएका छन् । साथै उनले सोही कार्यक्रममार्फत ‘गो क्लाउड, गो ग्लोबल’ परियोजनाको समेत सुरुवात गरेका छन् ।

कार्यक्रममा बोल्दै ह्वावे क्लाउड ग्लोबल मार्केटिङ तथा सेल्स सर्भिसका अध्यक्ष ज्याकलिन सीले विश्वभर १५ भन्दा बढी नयाँ आविस्कार पस्किने बताएका छन्, जसमा क्लाउड नेटिभ, आर्टिफिसियल इन्टिलिजेन्सको विकास, डेटा गभर्नेन्स, डिजिटल कन्टेन्ट, सफ्टवेयर डेभलपमेन्ट लगाएतका आविष्कार रहन दाबी गरिएको छ ।

रोटेटिङ अध्यक्ष केन हुका अनुसार संस्थाहरुले आफुलाई डिजिटल रुपान्तरण गर्नका लागि क्लाउडलाई आत्मासात् गर्नुपर्ने बताए ।

‘ह्वावे क्लाउडले २४० भन्दा बढी सेवाहरु र ५० हजारभन्दा बढी एपीआईलाई एकै स्थानमा ल्याएर एआई, एप्लिकेसन डेभलपमेन्ट, बिग डेटा तथा डेभलपमेन्ट टुल उपलब्ध गराउन सफल भएको छ,’ हु भन्छन, ‘ह्वावेसँग रहेको यो अनुभव, विशेषज्ञता र प्रविधिले संस्थाहरुलाई क्लाउण्डमा सहज र छिटो रुपान्तरण हुने मद्दत गर्नेछ ।’

ह्वावे क्लाउड, ग्लोबल नेटवर्क निर्माणको लागि कटिबद्ध रहेको छ । हु ले भने, ‘त्यो हुँदा ह्वावे क्लाउडमा भएको कुनै पनि सामाग्री ५० मिलिसेकण्डमा जुनसुकै स्थानबाट पनि पहुँच बनाउन सकिन्छ । यसले व्यवसायीलाई आफ्नो छुट्टै डेटा सेन्टर बनाउनु पर्ने झन्झट हुने छैन् ।

हामी यही वर्षको अन्त्यबाट इन्डोनेसिया र आयरल्याण्डमा नयाँ क्षेत्रको सुरुवात गर्दैछौं । यो सँगै २९ ओटो क्षेत्रका ७५ ओटा स्थानमा हाम्रो क्लाउड सेवा उपलब्ध हुनेछ । भने यसले १७० ओटा देशलाई समेट्ने छ ।’

त्यस्तै कार्यक्रममा चाङ् पिङआनले सबै कुरा सेवामा केन्द्रीत गर्दै ‘गो क्लाउड, गो ग्लोबल’ परियोजना सार्वजनिक गरेका छन् , जसमार्फ संस्था तथा व्यवसायीहरुलाई स्थानीय अनुभव प्रदान गर्दै क्लाउडको प्रयोगलाई थप प्रभावकारी बनाउने रहेको छ । जसले ह्वावेलाई विश्वव्यापी रुपमा विस्तार हुन समेत मद्दत गर्न अपेक्षा कम्पनीको रहेको छ ।

कम्पनीका अनुसार आउँदो वर्षसम्म १० हजार स्टार्टअप कम्पनीलाई लागत व्यवस्थापन, प्राविधिक सहयोग, इन्टरप्राइज तालिम लगायतका अन्य व्यावसायिक स्रोत समेतको क्लाउड सेवा उपलब्ध गराउने छ । हालसम्म एसिया प्रसान्तका १२० भन्दा बढी इन्टरप्राइज ह्वावे क्लाउड स्टार्टअप प्रोग्राममा सहभागी भइसकेका छन् ।


 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:३