close

दुई महिनामा नेपाल भित्रिए ७ करोड मूल्यका स्मार्टवाच

टेकपाना टेकपाना

असोज १०, २०७९ १४:३४

दुई महिनामा नेपाल भित्रिए ७ करोड मूल्यका  स्मार्टवाच

काठमाडौं । नेपाली बजारमा स्मार्टवाचको बजार त्यति ठूलो हुन सकेको छैन । हात हातमा स्मार्टफोन पुग्दा स्मार्टवाच अझै पनि बजार खोजिरहेको छ । तर, पनि पछिल्लो समय स्मार्टवाचको आयात राम्रै संख्यामा हुने गरेको छ ।

हुन त तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा स्मार्टवाचको आयात घटेको देखाउँछ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो पछिल्लो दुई महिनामा सात करोड रुपैयाँभन्दा बढीको स्मार्टवाच भित्रिएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा अर्थात् साउन र भदौसम्म कुल सात करोड ३९ लाखभन्दा बढी मूल्यका ५३ हजार ३४९ थान स्मार्टवाच नेपाल भित्रिएका छन् ।

गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो दुई महिनामा सात करोड ९८ लाखभन्दा बढी मूल्यको ६६ हजार २८१ थान स्मार्टवाच भित्रिएको थियो । यो हिसाबले अघिल्लो वर्षको तुलनामा यो वर्ष स्मार्टवाचको आयात १३ हजार थानभन्दा कम आयात भएको छ ।

नजिकिँदै गरेको दशैं तथा तिहारलाई लक्षित गर्दै विभिन्न कम्पनीले यो अवधिमा नयाँ-नयाँ स्मार्टवाच नेपाल भित्र्याएका छन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:०