close

विद्यार्थीलाई सीप सिकाउन इन्फोडेभलपर्सले ल्यायो ‘क्लिक टु करिअर’

टेकपाना टेकपाना

असोज १०, २०७९ १६:३१

विद्यार्थीलाई सीप सिकाउन इन्फोडेभलपर्सले ल्यायो ‘क्लिक टु करिअर’

काठमाडौं । आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरूका लागि करियर विकास गर्ने ‘क्लिक टु करिअर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

यस कार्यक्रम अन्तर्गत आईटी क्षेत्रमा आउन चाहने नयाँ विद्यार्थीहरूलाई आईटी उद्योगका लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।

यस कार्यक्रमले आईटी उद्योग र एकेडेमिया बीचको दुरीलाई पनि कम गर्न सहयोग गर्नेछ । यसका लागि कम्पनीले छुट्टै वेबसाइट निर्माण गरेको छ ।

कार्यक्रमअन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँचभन्दा बढी कलेजहरूमा ‘क्लिक टु करिअर’  कार्यक्रम सञ्चालन गरिसकेको छ । कम्पनीले सञ्चालन गरेको परीक्षामार्फत करिब २०० विद्यार्थीलाई आजदेखि विभिन्न विधामा प्रशिक्षण प्रदान गर्ने काम सुरु भएको जनाइएको छ ।

सहभागीहरूलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिने काम हुनेछ ।

‘क्लिक टु करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिङ विधामा ६० घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरूसँग काम गर्ने अनुभव प्रदान गर्नु हो ।

यस कार्यक्रममा रियाक्ट, भ्यु, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइने उनले बताए ।

यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेस एनालिस्ट, फ्लटरजस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्षहरुमा करियर विकासका लागि विद्यार्थीलाई सहयोग गरिने जनाइएको छ ।

यसरी प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमता अनुसार सहभागीहरूले रोजगारको अवसर प्राप्त गर्ने सुब्बाले जनाए ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:३१