काठमाडौं । केही दिनदेखि एन्ड्रोइड प्रयोगकर्ताले गुगल फोटोको ब्याकअपमा राखेको फोटो तथा भिडिओहरूको गुणस्तर घटेको तथा ओपन नै नहुने समस्या आएको गुनासो पोखिरहेका छन् । ब्याकअपमा भएका फोटो तथा भिडिओ नखुल्ने, ब्लर आउने, स्पस्ट नदिने, लोड हुन धेरै समय लाग्नेजस्ता समस्याहरू देखिएको गुनासा आउन थालेका छन् ।
एन्ड्रोइडमा मात्र नभई आईओएस तथा वेब भर्सनका गुगल फोटोमा पनि यस्ताे समस्या देखिएको छ ।
फोटो तथा भिडिओ डाउनलोड गर्दा गुणस्तर घटेर सेभ हुने समस्या देखिएको छ । यो समस्या ब्याकअपमा भएको सामग्रीमा मात्र देखिएको हो ।
यसबाट प्रभावित हुने प्रयोगकर्ताको संख्या धेरै रहेको अनुमान गरिएको छ । यद्यपि कम्पनीले भने यस विषयमा केही आधिकारिक धारणा दिएको छैन ।