close

घरमै सिनेमा हलको अनुभव दिने सामसङको ८५ इन्च क्यूएलईडी टिभी

टेकपाना टेकपाना

असोज ११, २०७९ १२:२९

काठमाडौं । टेकपानाको कार्यालयमा सामसङको ८५ इन्चको क्यूएलईडी टिभी आएको छ । सामान्य टिभी च्यानल हेर्नका लागि यो स्तरको टिभी चाहिन्छ जस्तो लाग्दैन । फुल एचडी रेजोलुसनका टिभीहरू नै त्यसको लागि काफी छन् । तर तपाईँ फोरके अथवा एचडीआर प्लस भिडिओहरू हेर्नुहुन्छ वा हलमा गएर फिल्म हेरेझैं घरमा मिनी थिएटर बनाउन चाहनुहुन्छ भने यो टिभी विकल्प हुनसक्छ ।

झन् फुटबलको विश्वकप आउँदै छ । यसकारणा यो टिभी घर, होटलमा राखेर वर्ल्ड कप हेर्नकुो मज्जा नै छुट्टै हुन्छ जस्तो मलाइ लाग्छ । यो टिभी टेकपानमा आइसकेपछि मैले फोरके भिडिओ अनि एचडीआर १० प्लस भिडिओहरू हेरेको थिएँ । अनुभव निकै रोमाञ्चक लाग्यो । गेमिङ त मैले खासै गरिनँ । तर यसमा गेमका लागि पनि गुप्रै फिचरहरू छन् । त्यसैले पैसा हालेअनुसार टिभीको क्वालिटी राम्रो लाग्यो ।

टिभीको लुक्स हेर्ने हो भने एकदमै स्लिम, बेजल्सहरू खासै छैन र स्मार्ट टिभी भन्न सुहाउने धेरै फिचरहरू यो टिभीमा रहेको छ । यो क्यूएलईडी टिभीका डिस्प्ले ८४ इन्चको छ छ । । रेजोलुसनको कुरा गर्दा फोरके अर्थात् ३८४० बाई २१६० पिक्सेल रहेको छ ।

पछाडिपट्टि केबल म्यानेजमेन्ट पनि दिइएको छ । जसले गर्दा तारहरू गन्जागोल देखिँदैन । यो टिभी प्याकेजिङ निकै ठूलो बक्समा गरिएको हुँदो रहेछ । जसलाई एता उता सार्न २ ३ जना नै चाहिन्छ । महँगो टिभी भएकाले होला सुरक्षालाई निकै ध्यान दिएर प्याकेजिङ गरेको मैले पाएँ ।

टिभी ठूलो भएकाले बक्स त हुने नै भयो । बक्सभित्र टिभी बाहेक पावर कर्ड, टिभी स्ट्यान्ड, रिमोट लगायतका एक्सेसरिज छन् । टिभीको तौल लगभग साढे ४१ केजीको रहेछ । टिभी प्रयोग गरिसकेपछि मैले के कस्तो अनुभव पाएँ भनेर यो भिडिओमार्फत जानकारी दिँदैछु ।

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १२:३४