close

लिङ्क क्लिक गरेको भरमा अब ह्वाट्सएपमा ३२ जनासँग भिडिओ च्याट गर्न सकिने

टेकपाना टेकपाना

असोज ११, २०७९ १४:५६

लिङ्क क्लिक गरेको भरमा अब ह्वाट्सएपमा ३२ जनासँग भिडिओ च्याट गर्न सकिने

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर सार्वजनिक गर्न लागेको छ, जसका माध्यमबाट प्रयोगकर्ताले भिडिओ कलको लिङ्क शेयर गरेर भिडिओ कलमा विभिन्न व्यक्तिसँग जोडिन सक्छन् ।

भिडिओ कलको लिङ्क उपलब्ध गराउने फिचर ह्वाट्सएपले यही साता सार्वजनिक गर्ने भएको छ । यो फिचर प्रयोग गर्न चाहने प्रयोगकर्ताले एपको पछिल्लो अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ ।

मार्क जुकरबर्गले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उक्त फिचरको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, "हामीले यही सातादेखि ह्वाट्सएपमा कल लिङ्क शेयर गर्ने फिचर ल्याउन लागेका छौँ । यसका माध्यमबाट प्रयोगकर्ताले सिङ्गल ट्यापमा कलमा ज्वइन हुन सक्छन् ।"

उनका अनुसार यसका माध्यमबाट एउटा लिङ्कमा ३२ जना जोडिएर कलमा सहभागी हुन सकिनेछ । ह्वाट्सएपमा अहिले एक पटकमा ८ जना भिडिओ वा अडियो कलमा जोडिन सकिन्छ ।

ह्वाट्सएपको यो फिचरले गुगल मिट, माइक्रोसफ्ट टिम वा जुमजस्ता प्लेटफर्मलाई धक्का पुग्ने विश्लेषण गरिएकाे छ । यी माध्यमबाट एक पटकमा सय जनादेखि ३ सय जनासम्म जोडिनसक्ने फिचर रहेको छ ।

तर, यी प्लेटफर्मले विभिन्न कुरामा सीमितता ल्याएका छन्, जसले गर्दा अरबौँ प्रयोगकर्ता भएको ह्वाट्सएपलाई मानिसहरूले सेमिनार तथा अनलाइन मिटिङको विकल्प बनाउन सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १४:५८