close

निर्वाचन आचारसंहिता भोलिदेखि, सामाजिक सञ्जालमा यी काम गर्न निषेध

टेकपाना टेकपाना

असोज ११, २०७९ १८:६

निर्वाचन आचारसंहिता भोलिदेखि, सामाजिक सञ्जालमा यी काम गर्न निषेध

काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले जारी गरेकाे निर्वाचन आचारसंहिता भाेलि बुधबारदेखि लागू हुने भएकाे छ । सामाजिक सञ्जालले निर्वाचनलाई असर पुर्‍याउन सक्ने भन्दै आयोगले यसपटक आचार संहितामा सामाजिक सञ्जालका विषय प्राथमिकताका साथ समेटेको छ ।

निर्देशिका अनुसार निर्वाचनलाई प्रभाव पर्ने गरी सामाजिक सञ्जालमा कुनै पनि सामग्री राख्न पाइने छैन । आयोगले सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा अपमान गर्ने कुनै पनि सामग्री नराख्न आग्रह गरेको छ । त्यस्तै द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी समेत नगर्न वा नगराउन पनि आयोगले आग्रह गरेको छ । 

 

- सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने 

- निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने 

- सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने, 

- कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने, 

-निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १८:६