close

आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल

टेकपाना टेकपाना

असोज १३, २०७९ १२:३९

आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल

काठमाडौं । आईफोन १४ सिरिजको माग अपेक्षित रुपमा नहुँदा एप्पल उत्पादन बढाउने योजनाबाट पछि हटेको छ । केही समय अघिमात्रै सार्वजनिक भएको एप्पल १४ सिरिजका फोनमा धेरै समस्या देखा परेका छन् । त्यो हुँदा एप्पलले अपेक्षा गरे अनुसार आईफोन १४ सिरिजका उत्पादन बिक्री हुन सकेको छैन् ।

यस्तोमा कम्पनीले उत्पादन बढाउने आफ्नो पुरानो योजनाबाट पछि हटेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि कम्पनीले सन् २०२२ मा ६० लाख युनिट आईफोन १४ सिरिज एसेम्बल बढाउने योजना बनाएको थियो ।

तर, अपेक्षित रुपमा उत्पादन बिक्रि नहुँदा त्यसबाट पछि हट्न कम्पनी बाध्य भएको हो । यो सँगै कम्पनीले आफ्ना आपूर्तिकर्तालाई पनि सोही अनुसार जानकारी गराइ सकेको जनाइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १२:४६