close

आफ्नै भिडियो गेम स्टुडियोको तयारीमा नेटफ्लिक्स

टेकपाना टेकपाना

असोज १३, २०७९ १३:२८

आफ्नै भिडियो गेम स्टुडियोको तयारीमा नेटफ्लिक्स

काठमाडौं । भिडियो प्लेटफर्म नेटफ्लिक्सले आफ्नै भिडियो गेम स्टुडिया बनाउने भएको छ । कम्पनीले फिनल्याण्डको हेलसिंंकी भन्ने स्थानमा स्टुडियो बनाउने भएको हो । जसको नेतृत्व यसअघि ज्याङ एण्ड इलेक्ट्रोनिक्समा कार्यरत मार्को लासटिक्काले गर्ने जनाइएको छ ।

यसअघि नेटफ्लिक्सले अक्सनफ्रि डेभलपर, नाइट स्कुल स्टुडियो लगायतका साना गेमिङ कम्पनी खरिद गरेको थियो । तर, अब भने कम्पनीले आफ्नै गेमिङ स्टुडिया बनाउने तयारी गरेको हो ।

लासटिक्का गेमिङ उद्योगमा निकै चर्चित व्यक्ति हुन् । उनी ज्याङ स्टुडियो सहसंस्थापक समेत हुन् । उनको नेतृत्वमा उत्कृष्ठ गेम बनाउने योजना कम्पनीको रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १३:२८