close

ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म

टेकपाना टेकपाना

असोज १३, २०७९ १४:४१

ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले ‘दशैँको उमङ्ग, डिजिटल शपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेलामा अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस अन्तर्गत ईसेवा एपमा रहेको रु. एक स्किममा भाग लिई विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ ।

ईसेवा दशैँ स्पेसलमा गई रु. १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाई टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी रु. १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभजी मोबाइल प्राप्त गर्न सक्नेछन् । भने २० जनाले ईसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् ।

रु. १ अफरमा सहभागी भई विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ । यसैगरी प्रयोगकर्ताले ईसेवामा दशैँ अफर सेग्मेन्टमा गई विशेष छुटमा टप ब्राण्डहरु सीजी, आईएनए सेन्टर, आईटीटीआई लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ ।

विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वाशिङ्ग मसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम  लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउनसक्ने कम्पनीले जनाएको छ ।

साथै अफर अवधिभर अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौं कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु एक सय देखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट ,दुईसय देखि २१ सयसम्म ५००, ५०० देखि ५१०० सम्मको खरिदमा १२५० रिवार्ड पोइन्ट पाउन सकिन्छ ।

यस अफर अन्तरगत ईसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत, क्लब हिमालयमा १० प्रतिशत, हाम्रो श्रृंगारमा ५ प्रतिशत, टीएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १४:४२