close

एनसेलको मुख्य कम्पनी आजियटा अन्तर्गत रोबीले बंगलादेशमा गर्‍यो फाइभजी परिक्षण

टेकपाना टेकपाना

असोज १४, २०७९ १८:५१

एनसेलको मुख्य कम्पनी आजियटा अन्तर्गत रोबीले बंगलादेशमा गर्‍यो फाइभजी परिक्षण

काठमाडौं । आजियटा ग्रुप अन्तर्गत बंगलादेशमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको रोबीले फाइभजी परिक्षण गरेको छ । आजियटा ग्रुप अन्तर्गत विश्वका धेरै देशमा दूरसञ्चार कम्पनी सञ्चालनमा रहेका छन् । सोही अन्तर्गत नेपालको एनसेल आजियाटा पनि पर्छ ।

ग्रुप अन्तर्गतकै रोबीले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँगको सहकार्यमा बंलादेशमा फाइजी परिक्षण गरेको हो । पहिलो चरणमा बंगलादेशको ढाका स्थित कम्पनी मुख्य कार्यालय र प्रयोगकर्ताका लागि र्‍याङपुर स्थित वाक–इन–सेन्टर(डब्लुआईसी) मा फाइभजी परिक्षण गरिएको उल्लेख छ ।

परीक्षणको क्रममा कम्पनीले फाइभजीका विभिन्न केसहरुको प्रदर्शन गरेको थियो । जसमा भर्चुअल रियालिटी भिडियो, स्मार्टफोनमार्फत क्लाउड गेमिङ, ३६० प्यानारोमिक लाइभ, न्याकेड–आई थ्रिडी पावर लगायत विषय समावेश थिए । जसमा १ जीबीपीएस गतिको स्पीड हासिल भएको उल्लेख छ ।

यसअघि सन् २०१८ को जुलाईमा बंगलादेशको दूरसञ्चार नियामक बंगलादेश टेलिकम्युनिकेसन रेगुलेटरी कमिसन (बीटीआरसी) र ह्वावेसँगको सहकार्यमा कम्पनीले फाइजीको परिक्षण गरेको थियो ।   
 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १८:५१