close

प्लेस्टोरबाट एकाएक गायब भयो ईसेवाको मोबाइल एप

टेकपाना टेकपाना

असोज १४, २०७९ २२:२

प्लेस्टोरबाट एकाएक गायब भयो ईसेवाको मोबाइल एप

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक 'ई-सेवा' को एप प्ले स्टोरबाट एकाएक गायब भएको छ ।

ईसेवाको मोबाइल एप साँझ ७ बजेपछि गायब भएको अनुमान गरिएको छ । एकाएक प्लेस्टोरबाट ईसेवा गायब हुनुको कारण भने हालसम्म बाहिर आएको छैन । एप डाउनलोड गरेका प्रयोगकर्तालाई भने यसले केही असर नगरेको बताइएको छ ।

यस अघि अर्को मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत यसैगरी गुगल प्ले स्टोरबाट गायब भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ २२:४