close

गुगल फोटोजका आकर्षक फिचरहरु

टेकपाना टेकपाना

असोज १५, २०७९ १३:१२

गुगल फोटोजका आकर्षक फिचरहरु

काठमाडौं । गुगलका आकर्षक सेवा मध्येको एक हो गुगल फोटोज । यो सेवालाई विशेषगरी आफ्ना फोटो भण्डारण गर्न प्रयोग गर्ने गरिन्छ । आज हामी गुगल फोटोजमा प्रयोग गर्न सकिने विभिन्न फिचरहरूको बारेमा चर्चा गर्दै छौँ ।

१. स्वतः गुगल फोटोजमा फोटो शेयर गर्नुहोस्

हामीले प्रायः फोटो शेयर गर्नकै लागि भनेर खिचेका हुन्छौँ । विशेषगरी समूहमा खिचेका फोटो वा आफ्नो फोनबाट अरूको फोटो खिच्दा त्यस्ता फोटो अरूलाई पठाउन पर्ने हुन सक्छ । त्यसका लागि गुगलले 'पार्टनरशेयरिङ' फिचर ल्याएको छ । यसका माध्यमबाट एउटा अकाउन्टमा भएका फोटो अर्को अकाउन्टमा सहजै शेयर गर्न सकिन्छ ।

२. गुगल फोटोजलाई व्याकअपका रूपमा प्रयोग गर्नुहोस्

गुगल फोटोजलाई आफ्ना फोटो भण्डारण गर्नका लागि व्याकअपका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यदि यो फिचर इनेबल गर्नुभयो भने तपाईँले खिचेका फोटोहरू सबै गुगल फोटोजमा गएर भण्डारण भएका हुन्छन् । ग्यालेरीका फोटो गुगल फोटोज स्वतः व्याकअप गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले आफ्नो फोनमा गुगल फोटोजको एप खोल्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको तपाईँको प्रोफाइलमा जानुहोस् ।

- त्यसपछि त्यहाँ व्याकअप इज अफ लेखिएको अप्सन देख्न सक्नुहुन्छ ।

- त्यसपछि तल रहेको टर्न अन व्याकअप भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि डेटाबाट पनि व्याकअप होस् भन्ने चाहनु हुन्छ भने 'युज मोबाइल डेटा ह्वेन देयर इज नो वाई-फाई' भन्ने अप्सन अन गर्नुहोला । यदि मोबाइल डेटाबाट ब्याकअप गर्न चाहनु भयो भने केही गर्नु पर्दैन ।

- त्यसपछि तल अन्तिममा कन्फर्ममा ट्याप गर्नुहोस् ।

मोबाइल तथा गुगल फोटोजमा यसरी लक गरेर राख्नुहोस् आफ्ना गोप्य फोटो र भिडिओ

१. फोटोहरू एल्बममा राख्नुहोस्

गुगल फोटोजमा विशेषगरी एल्बम बनाएर फोटो व्यवस्थापन गर्न सघाउँछ । एल्बममा फोटो एड गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले आफ्नपो फोनमा गुगल फोटोजको एप खोल्नुहोस् ।

- त्यसपछि तल दायाँपट्टि रहेको लाइब्रेरीको अप्सन छान्नुहोस् ।

- त्यसपछि स्क्रोल गर्दै तल गएर क्रियट एल्बम अप्सन छानेर एल्बम बनाउनुहोस् ।

- त्यसपछि एल्बमको नाम छान्नुहोस् ।

- त्यसपछि सेलेक्ट फोटोजमा गएर त्यो एल्बममा राख्नुपर्ने फोटो छान्नुहोस् ।

- त्यसपछि माथि रहेको एड अप्सनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि माथि बाँयापट्टि रहेको ठीक चिन्हमा ट्याप गर्नुहोस् । यसरी तपाईँले गुगल फोटोजमा आफ्नो छुट्टै एल्बम बनाउन सक्नुहुन्छ ।  

 

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ १३:१७