close

भारतका २३ लाख प्रयोगकर्ताको अकाउण्टलाई ह्वाट्सएपले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

असोज १६, २०७९ १४:१२

भारतका २३ लाख प्रयोगकर्ताको अकाउण्टलाई ह्वाट्सएपले लगायो प्रतिबन्ध

काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपले २३ लाख भन्दा बढी भारतीय प्रयोगकर्ताको अकाउण्टमाथि प्रतिबन्ध लगाएको छ । फेसबुकले भर्खरमात्र सार्वजनिक गरेको सेप्टेम्बर महिनाको ‘युजर सेफ्टी रिपोर्ट’ ले ठुलो संख्यामा ह्वाट्सएप प्रयोगकर्ता माथि प्रतिबन्ध लगाएको खुलेको हो ।

फेसबुकले गत वर्ष भारत सरकारले जारी गरेको सूचना प्रविधिसँग सम्बन्धित नियमको पालना गर्दै यो प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त नियमले प्रविधि कम्पनीलाई मासिक रुपमा प्रयोगकर्ताको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुरूप फेसबुकले गएको सेप्टेम्बर महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार एक महिनाको अवधिमा २३ लाख २८ हजार प्रयोगकर्ताको अकाउण्ट माथि प्रतिबन्ध लगाइएको छ । जसमध्ये १० लाख ८ हजार भन्दा बढी अकाउण्ट कम्पनी आफैले प्रतिबन्ध लगाएको छ भने, बाँकी रहेका अकाउण्ट विभिन्न प्रयोगकर्ताले गरेको उजुरीका आधारमा प्रतिबन्ध लगाइएको छ ।

ह्वाट्सएपका अनुसार अगस्ट महिनामा मात्रै ५ सय ९८ जना प्रयोगकर्ताले उजुरी हालेका थिए । त्यसमध्ये २७ ओटा नम्बरहरूमाथि प्रयोगकर्ताको उजुरीका आधारमा तत्कालै प्रतिबन्ध लगाइएको थियो । भने, अन्य अकाउण्टमाथि आवश्यक अध्ययन पछि प्रतिबन्ध लगाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ १७:०