close

अब फेसबुक मार्केटप्लेसमा व्यक्तिगत अकाउण्टबाट मात्रै पुराना कारको विज्ञापन गर्न पाइने

टेकपाना टेकपाना

असोज १७, २०७९ १५:१

अब फेसबुक मार्केटप्लेसमा व्यक्तिगत अकाउण्टबाट मात्रै पुराना कारको विज्ञापन गर्न पाइने

काठमाडौं । यदि तपाईं सेकेन्ड ह्यान्ड कार खरिद गर्न चाहनुहुन्छ भने फेसबुक मार्केटप्लेस लगायतका प्लेटफर्मले गर्दा निकै सहज बनाएको छ । त्यस्ता प्लेटर्फमा डिलर तथा प्रयोगकर्ताले कारको मूल्य, फिचर सहित बिक्रीका लागि राखेका हुन्छन् । त्यहीबाट तपाईंले आफूलाई मन परेको कार खरिद गर्न सक्नुहुन्छ ।

तर, पछिल्लो समय त्यस्ता प्लेटर्फमा डिलरको प्रभाव बढ्दै गएको छ । ग्राहकलाई आकर्षित गर्ने योजनाले कारको मूल्य १ डलर राखेर डिल गर्ने गरेका छन् । यस्तोमा फेसबुकले डिलरहरूलाई पुराना तथा सेकेन्ड ह्यान्ड कारको जानकारी राख्ने प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

फेसबुक मार्केटप्लेसको नयाँ नीति अनुसार आगामी वर्ष अर्थात सन् २०२३ को जनवरी ३० तारिखबाट डिलरहरूले आफ्नो बिजनेस पेजबाट सेकेन्ड ह्यान्ड गाडी बिक्रीका लागि राख्न पाउने छैनन् । हुन त फेसबुकले यो आफ्नो आम्दानीको थप बाटो खोजेको हुनसक्छ । बिजनेस पेजले मार्केटप्लेस एड खरिद गरुन् भन्ने कम्पनीको योजना हुनसक्ने आँकलन गरिएको छ ।

तर, नयाँ नीतिले डिलरलाई सेकेन्ड ह्यान्ड कार बिक्री गर्न नदिएर पर्सनल प्रोफाइल प्रयोग गर्न वाध्य बनाएको छ । यसले मार्केटप्लेसमा बिक्रीमा राखिएका कार आधिकारिक हुन र राम्रो छ भन्ने विषय यकिन गर्न भने थप असहज हुने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०७९ १५:४८