close

गुगल म्याप प्रयोग गर्दा आउने आवाज कसको होला ?

टेकपाना टेकपाना

असोज १८, २०७९ ११:१८

गुगल म्याप प्रयोग गर्दा आउने आवाज कसको होला ?

काठमाडौं । हाम्रो दैनिकी सहज बनाउन स्मार्टफोनले ठूलो भूमिका खेलेको हुन्छ । त्यसमा पनि विशेषगरी गुगलका विभिन्न सेवाले हाम्रा अनेकन् काम सहज बनाइदिएको छ । सर्वाधिक प्रयोग गरिने गुगलका सेवामध्ये गुगल म्याप पनि एक हो । कुनै नयाँ ठाउँमा जानुपर्‍यो भने गुगल म्यापले भर्चुअल गाइडको काम गर्छ ।

गुगल म्यापको सहायताले हामी अहिले भनेको ठाउँमा पुग्न सक्छौं । गुगल म्याप प्रयोग गरिरहँदा त्यहाँ हामीलाई महिलाको आवाजले मार्गनिर्देश गरिरहेको हुन्छ । आखिर त्यो आवाज कसको होला ? गुगलले विभिन्न सेवा दिनका लागि एआई (आर्टिफिसियल इन्टेललिजेन्स) को प्रयोग गरिरहेको हुन्छ ।

सायद गुगल म्याप्समा सुनिने त्यो आवाज पनि एआईको नै होला भन्ने लागेको हुनसक्छ । वास्तवमा गुगल म्याप्समा विभिन्न निर्देशन दिने आवाज अस्ट्रेलियन गायिका करेन ज्याकबसेनको हो । उनी गायिका, गीतकार तथा जीपीएस गर्लका रूपमा परिचित छिन् । गुगलले कसरी ज्याकबसेनलाई यसका लागि छनाेट गर्‍यो, त्यसका लागि उनले के के काम गर्नुपर्‍यो भन्ने कुराको बारेमा हामी चर्चा गर्दैछौँ ।

ज्याकबसेनलाई आफू गुगल म्याप्समा प्रयोग हुने आवाजका लागि छानिएकी छु भन्ने कुराको कुनै जानकारी थिएन । यो सबै काम गोप्य रूपमा गरिएको थियो । उनलाई अरू नै कुनै प्रोजेक्टका लागि भनेर हायर गरियो । उनलाई एउटा स्ट्युडियोमा राखेर हजारौँ वाक्यांश पढ्न भनियो । उनले ती वाक्यांश किन पढिरहेको छु भन्ने केही पत्तो पाएकी थिइनन् ।

जीपीएसमा प्रयोग हुने सम्पूर्ण आवाज रेकर्ड भइसकेको केही समयपछि उनका साथीले 'तिमी त हाम्रो जीपीएसमा छौँ' भन्दा छक्क परिन् । त्यसपछि आफूलाई त्यतिका आवाज किन रेकर्ड गर्न लगाइयो भन्ने कुराको जानकारी पाइन् । ज्याकबसेन अमेरिकी गायक ओलिभिया न्युटन जोन जस्तै बन्न चाहन्थिन्, जसले गर्दा उनी पप म्युजिकमा सक्रिय भएकी थिइन् ।

उनको त्यही सपनाले गर्दा उनको आवाज सिरी (एप्पल डिभाइसमा बज्ने आवाज) र जीपीएसमा प्रयोग भयो । गुगल म्याप्समा प्रयोग हुने आवाजले नै ज्याकबसेन इन्टरनेटमा प्रख्यात छिन् । ज्याकबसन अहिले रोमाञ्चक जिन्दगी बाँचिरहेकी छिन् । उनी बेलाबखतमा गीत लेख्ने तथा गाउने काम गर्छिन् ।

 

 

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ १५:३५