close

तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक

टेकपाना टेकपाना

असोज १८, २०७९ १५:३०

तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक

काठमाडौं । तीन करोड भन्दा बढी सब्स्क्राइबरहरू भएका युट्युब स्टार ड्रीमले अन्ततः आफ्नो अनुहार भिडिओमा देखाएका छन् । आइतबार राति पोस्ट गरिएको भिडिओमा उनले लगाएको मास्क हटाउँदै अनुहार सार्वजनिक गरेका हुन् ।

२३ वर्षीय उनले युट्युबमा माइनक्राफ्टका ‘लेट्स प्ले’ र स्पीडरन भिडियोहरू बनाएर ३ करोड बढी सब्स्क्राइबर बनाएका थिए । तर उनी सब्स्क्राइबरका लागि गुमनाम जस्तै थिए ।

सन् २०१४ बाट इन्टरनेटमा उपस्थिति जनाएका भए पनि उनले हालै मात्र अनुहार देखाएका हुन् । आफ्नो अनुहार देखाएको भिडिओमा उनले आफ्नो नाम ‘क्ले’ भएको जनाएका छन् ।  साथै आफ्नो रहस्यमय व्यक्तित्वले धेरै गाह्रो र तनावपूर्ण भएपछि अन्ततः आफ्नो गुमनाम छोड्ने निर्णय गरेको बताएका छन् । 

उनको यो कदमलाई प्रसिद्ध कन्टेन्ट क्रियटरहरु मार्क्स ब्राउनली र एडिसन रेले सकारात्मक रुपमा लिएका छन् ।  अनुहार देखाइएको उक्त भिडिओ १२ घन्टा नबित्दै १६ मिलियन बढिले हेरेका थिए ।
 

 

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ १५:३५