close

पाँच वर्षमा सबैभन्दा शक्तिशाली चिप उत्पादन गर्ने सामसङको लक्ष्य

टेकपाना टेकपाना

असोज १९, २०७९ ९:२१

पाँच वर्षमा सबैभन्दा शक्तिशाली चिप उत्पादन गर्ने सामसङको लक्ष्य

काठमाडौं । सामसङले एड्भान्स चिप्सको उत्पादन क्षमता विस्तार गर्ने पाँच वर्षे योजना सार्वजनिक गरेको छ। यो योजनाले कम्पनीलाई सेमिकन्डक्टर कम्पनी टीएसएमसीको बजार विस्तार गर्न मद्दत पुग्नेछ ।  मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सन् २०२७ सम्ममा एड्भान्स नोड्सको उत्पादन क्षमता 'तीन गुणा भन्दा बढी' बिस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले दुई न्यानोमिटर चिप उत्पादनको प्रक्रिया पनि सुरु गर्ने योजना बनाएको छ भने सन् २०२७ सम्ममा १‍.४ एनएम चिप उत्पादनको प्रकृया सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीले हाई पफर्मेन्स कम्प्युटिङ, आर्टिफिसियल इन्टलिजेन्स, फाइजी र सिक्सजी कनेक्टिभिटी र अटोमोटिभ एप्लिकेशनहरूमा महत्त्वपूर्ण बजार वृद्धिलाई सम्बोधन गर्न आफूहरूले सेमिकन्डक्टरको क्षेत्रमा नयाँ प्रविधिहरू प्रयोग गर्ने बताएको छ ।

सामसङको यस घोषणामा विशेष चिप्सका उत्पादनको ठोस योजनाहरू भने उल्लेख गरेको छैन ।
 

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ १७:५५