close

ट्वीटर खरिद गर्न एलन मस्कको नयाँ प्रस्ताव, कम्पनीको सहमति

टेकपाना टेकपाना

असोज १९, २०७९ ९:३२

ट्वीटर खरिद गर्न एलन मस्कको नयाँ प्रस्ताव, कम्पनीको सहमति

काठमाडौं । ट्वीटर खरिद विवाद चर्किरहेको बेला एलन मस्कले पुन: खरिदको लागि नयाँ प्रस्ताव राखेका छन् । सुरुमा खरिद गर्छु भनी आफ्नै निर्णयबाट पछि हटेका मस्कमाथि कम्पनीले मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाई हुन केही दिन मात्र बाँकी रहँदा मस्कले फेरी नयाँ प्रस्ताव गरेका हुन् ।

एलन मस्कले कम्पनी प्रतिसेयर ५४.२० डलरको मूल्यले खरिद गर्ने प्रस्ताव अगाडि सारेको उल्लेख छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै मस्कले अगाडि सारेको प्रस्ताव कम्पनीलाई स्वीकार्य भएको समेत जनाइ सकेको छ ।

मस्कले कम्पनीलाई प्रति शेयर ५४.२० डलरमा खरिद गर्ने नयाँ प्रस्ताव पठाएको विज्ञप्तिमा उल्लेख छ । यो भन्दा अगाडि मस्कले कम्पनी ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेको थियो । यद्यपि नक्कली प्रयोगकर्ता धेरै रहेको कारण देखाउँदै उनी यो सम्झौताबाट पछि हटेका थिए ।

कम्पनी र मस्कबिचको अदालती मुद्दा खारेज भएको सन्दर्भमा मस्कले कम्पनी खरिद गर्ने प्रस्ताव गरेका छन् ।  यो प्रस्ताव प्रति कम्पनी र कम्पनीका कर्मचारी दुवै सकारात्मक रहेको उल्लेख गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ १८:४४