close

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोग, ठूला कम्पनी पनि कारोबारमा जोडिँदै

टेकपाना टेकपाना

असोज १९, २०७९ ९:५०

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोग, ठूला कम्पनी पनि कारोबारमा जोडिँदै

काठमाडौं। पछिल्लो समय क्रिप्टोकरेन्सी अपनाउने क्रम बढ्दै गएको छ । विश्वव्यापी रूपमा धेरै कम्पनीहरूले अतिरिक्त भुक्तानी विधिको रूपमा क्रिप्टोलाई स्वीकार गर्न थालेका छन् । हालै मात्र स्पेनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी टेलिफोनिकाले बिट्क्वाइन सहित अन्य क्रिप्टोको भुक्तानी पनि स्वीकार गर्ने घोषणा गरेको छ ।

टेलिफोनका ग्राहकले यसको उत्पादनहरू खरिद गर्दा भुक्तानीको विकल्पका रुपमा क्रिप्टोकरेन्सी पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार टेलिफोनिकाको लागि बिटटुमी नामक स्पेनको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनीले क्रिप्टो भुक्तानी सुविधा प्रदान गरेको छ ।​

बिटुमीमा टेलिफोनिकाको समेत लगानी रहेको बताइएको छ । यद्यपि यस विषयमा कुनै आधिकारिक धारणा भने बाहिर आइसकेको छैन ।

यस्तै टेलिफोनिकाले मेटाभर्स स्पेसमा व्यावसायिक अवसरहरूको खोजी गर्न सफ्टवेयर कम्पनी क्वालकमसँग पनि सम्झौता गरेको जनाइएको छ । सम्झौता अनुसार एनालग र डिजिटल संसारहरू बीचको मर्जर, मेटाभर्स क्षेत्रमा सञ्चार, वाणिज्य र मनोरन्जनको पुन: कल्पना गर्दै ग्राहकलाई नयाँ अनुभवहरू प्रदान गर्ने अवसर सृजना हुनेछ ।

यसको अर्थ यो हो कि स्पेनिस टेलिकम कम्पनीसँग क्रिप्टो वालेट, मेटाभर्ससँग एकीकरणको साथ विभिन्न ब्लकचेनमा निर्मित एनएफटी बजार पनि छ।

टेलिफोनिकाले ब्लकचेन प्रविधिको खोजी गरिरहेको यो पहिलो पटक होइन। तीन वर्षदेखि कम्पनीले ब्लकचेन टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्ने स्टार्टअपहरूलाई समर्थन गर्दै आइरहेको छ । दुई वर्ष पहिले, टेलिकम, भोडाफोन र दोइचा टेलिकमले रोमिङ छुट सम्झौताहरू समाधान गर्न ब्लकचेन(निर्मित समाधानको परीक्षण गर्न साझेदारी गरेका थिए।

हाल विश्वका धेरै शीर्ष ब्रान्डहरूले नयाँ ब्लकचेन प्रविधि अपनाउन आफ्नो भुक्तानी प्रणालीलाई विविधीकरण गर्दै आएका छन्। यसरी, तिनीहरूले आफ्ना ग्राहकहरूको लागि राम्रो भुक्तानी अनुभव प्रदान गर्न सक्छन् भन्ने विश्वास पनि लिइएका छ । सन् २०२२ को मे महिनामा लक्जरी फेसन कम्पनी गुच्चीले विश्वव्यापी रूपमा आफ्ना केही स्टोरहरूमा क्रिप्टो भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरिसकेको छ ।

सोही अवधिमा, महिला फेसन कम्पनी बालेन्सियागाले पनि केही सीमित शाखामा बिट्क्वाइन र इथेरियम भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरेको थियो ।

त्यस्तै निकै नै चर्चित मेक्सिकन रेस्टुरेन्ट चेन चिपोट्लेले ९ऋजष्उयतभि० पनि क्रिप्टो भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरिसकेको छ । यी मात्र होइन विश्वका केही शैक्षिक संस्थाहरूले पनि क्रिप्टो भुक्तानी स्वीकार गर्न सुरु गरिसकेका छन् । २०२१ को अक्टोबरमा, प्रिमियर बिजनेस स्कुल, बनहार्टनले ट्युसन शुल्कको लागि बिट्क्वाइन भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ १६:५४