close

अनलाइन किताब खरिदका लागि उपयुक्त पाँच नेपाली वेबसाइट

टेकपाना टेकपाना

असोज २०, २०७९ ६:३६

अनलाइन किताब खरिदका लागि उपयुक्त पाँच नेपाली वेबसाइट

काठमाडाैं । हामीसँग चाडपर्वको समयमा परिवार, साथीभाइसँग भेटघाट गर्ने बाहेक निकै फुर्सदको समय हुन्छ । यस बेला काेही घुम्न निस्कन्छन् त काेही त्यत्तिकै घरमा बस्छन् । कतिपयले भने पढ्नका लागि सूचीमा राखेका पुस्तकहरुकाे अध्ययन गर्छन् । फुर्सदकाे बेला पुस्तक अध्ययन गर्नु आफैंमा फाइदाजनक छ । तर तपाईंलाई परिवारसँगकाे भेटघाटकाे समयमा बजारमा गएर पुस्तक किन्न पक्कै मन नलाग्ला ।​

त्यस्तोमा हामीले सूचना प्रविधिकाे प्रयाेग गरेर आफूले चाहेका पुस्तक घरमै मगाउन सक्छाैं । नेपालमा पछिल्लाे समयमा अनलाइनबाट पुस्तक बिक्री गर्ने व्यावसाय फस्टाउँदै गइरहेकाे छ । आज हामी तपाईंलाई त्यस्तै पाँच वेबसाइटहरुका बारेमा बताउँदै छाैं, जहाँबाट तपाईंले घरमै बसेर आफूले चाहेको पुस्तक मगाएर पढ्न सक्नु हुनेछ ।​

किताब यात्रा

हामीले प्रयाेग गर्ने सबै सामानहरु अनलाइनमा उपलब्ध हुदै गर्दा किताब पनि अनलाइनबाट बिक्री गर्ने उद्देश्यका साथमा किताब यात्राकाे शुरुआत भएकाे थियाे । पठनलाई पनि हाम्रो दैनिक जीवनको अभिन्न अंग बनाउने उद्देश्यका साथमा जाेशिला युवाहरुकाे समूहले यसकाे स्थापना सन् २०१७ मा गरेका थिए ।

यस वेबसाइटबाट विभिन्न प्रकाशन गृहका विभिन्न विधामा प्रकाशित किताबहरु घरमै मगाउन सकिन्छ । यसले आफ्ना ग्राहकका लागि नेपाल र विश्वकाे जुनै ठाउँमा पनि डेलिभरीको सेवा दिँदै आएको छ ।​

बुक्स मण्डला

तपाईं अंग्रेजी पुस्तकहरु पढ्नमा एकदम रुची राख्नु हुन्छ भने तपाईंलाई याे वेबसाइट काम लाग्न सक्छ । पाेखराकाे लेकसाइड रहेको याे पुस्तक पसल सन् १९९१ बाट सञ्चालनमा आएकाे हाे । याे वेबसाइट विदेशी प्रकाशन गृहहरुले प्रकाशन गरेका पुस्तकहरु खरिद गर्नका लागि निकै उपयाेगी रहेकाे छ । बुक्स मण्डलाले काठमाडाैंमा पनि भाैतिक पुस्तक पसल सञ्चालन ल्याए पनि हाल भने बन्द गरेकाे छ ।​

अन्तिम पन

विभिन्न देशका साहित्य पढ्न रुची छ भने तपाईंकाे लागि याे वेबसाइट सहयाेगी बन्न सक्छ । नेपाली बजारमा पाइने विदेशी साहित्य भन्दा भिन्न देशहरुकाे साहित्य पनि नेपालमा उपलब्ध गराउने उद्देश्य राखेर याे वेबसाइट सञ्चालनमा आएको हो । याे सँगै यसका सञ्चालकले नेपाली साहित्य लेख्‍ने युवावर्गका लेखलाई पनि प्रकाशमा ल्याउन अन्तिम पाना संचालन गरिरहेका छन् ।​

थुप्रै

किताब पढ्ने रहर छ तर मूल्यका कारण अल्झनु भएकाे छ भने तपाईंलाई याे वेबसाइट काम आउन सक्छ । सन् २०१९ मा अनलाइनबाट भाैतिक पुस्तक बिक्री गर्ने उद्देश्य राखेर स्थापना भए पनि हाल याे वेबसाइट ई-बुक बिक्रीका लागि प्रख्यात रहेकाे छ । यसले ई-बुककाे बिक्री भने सन् २०२० बाट शुरु गरेकाे थियाे । यस वेबसाइटले याे बाहेक अडियो बुकहरु पनि उपलब्ध गराएकाे छ । जसले गर्दा पाठकले नयाँ तरिकाले पुस्तक अध्ययनकाे अनुभव प्राप्त गर्दछन् ।

एचटीडी रिड एण्ड लिड

कहिलेकाँही किताब पढ्न मन हुन्छ तर त्यसकाे मूल्यका कारण हामी त्याे इच्छालाई त्यत्तिकै छाडिदिन्छाैँ । हाम्राे यही समस्याकाे समाधान गर्न याे वेबसाइटले नयाँ अवधारणा लिएर आएकाे छ । पुस्तकालयकाे अवधारणासँग यो वेबसाइट धेरै नजिक रहेकाे छ । यसले किताब प्रेमीहरुबाट सदस्यता शुल्क उठाएर पुस्तक उपलब्ध गराउँदछ । जस्ताे कि १ हजार रुपैयाँ शुल्क तिरेर सदस्यता भइसके पश्चात आफूलाई पढ्न मन लागे जति पुस्तकहरु घरमा नै लगेर पढ्न सकिन्छ । यस बाहेक यसले पुस्तक डेलिभरी पनि गर्ने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १०:१५