close

क्रिप्टो प्रचार गरेको भन्दै सञ्चारकर्मी किमलाई करिब १६ करोड जरिवाना

टेकपाना टेकपाना

असोज २०, २०७९ ७:१

क्रिप्टो प्रचार गरेको भन्दै सञ्चारकर्मी किमलाई करिब १६ करोड जरिवाना

काठमाडौं । अमेरिकाकी प्रसिद्ध सञ्चारकर्मी किम कार्दशियनलाई क्रिप्टो करेन्सी प्रचार गरेको भन्दै करिब १६ करोड रुपैयाँ जरिवाना गरिएको छ । उनले आफ्नो इन्स्टाग्राममा सन् २०२१ जुन १३ का दिन इथरियमम्याक्स क्रिप्टोको प्रचार गरेकी थिइन् । सोही कारण युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले उनलाई १५ करोड ६३ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

उनले क्रिप्टो प्रचारका लागि गोप्य रुपमा ३ करोड २६ लाख रुपैयाँ लिएको आरोप एसईसीको थियो । यस बाहेक उनलाई संघीय धितोपत्र कानुन समेत उल्लंघन गरेको आरोप लगाइएको थियो ।

जरिवानासँगै कार्दशियनले ३ वर्षका लागि क्रिप्टो प्रचार गर्न नपाउने भएकी छन् । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १‍.८ बिलियन डलर रहेको छ । उनको यो जरिवाना एक विशिष्ट अमेरिकी परिवारको लागि धेरै कमको जरिवाना बराबर हो ।​

क्रिप्टो प्रचारका कारण जरिवाना तिर्ने उनी पहिलो सेलिब्रेटी भने होइनन् । यस अघि विभिन्न क्रिप्टोको प्रचारका कारण बक्सर फ्लोयड मेवेदर जुनियर, अभिनेता स्टिभन सेगल र संगीत निर्माता डीजे खालिद जरिवानामा परिसकेका छन् ।

 

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ ११:२१