close

यस्ता छन् गुगल सर्चमा थपिने आकर्षक ९ फिचर

टेकपाना टेकपाना

असोज २०, २०७९ ७:३३

यस्ता छन् गुगल सर्चमा थपिने आकर्षक ९ फिचर

काठमाडौं । सर्च इन्जिन गुगलले आकर्षक ९ फिचर थप गर्ने घोषणा गरेको छ । नयाँ फिचर सार्वजनिक भएपछि गुगल प्रयोगकर्ताले आनन्ददायी अनुभव गर्न पाउनेछन् । जसअनुसार गुगलबाट शपिङ शानदार हुनेछ । प्रयोगकर्ताले शपिङ लोकेसन देखि पछिल्ला ट्रेन्डिङ शपिङ जस्ता कयौँ प्रकारका जानकारी पाउन सक्नेछन् । यद्यपि सबैभन्दा पहिला यी फिचर अमेरिकामा उपलब्ध गराइनेछ ।

१. वर्ड शप सर्च

गुगलको वर्ड शप फिचरको सहयोगमा शपिङ गर्न चाहेको सामानको दृश्य प्रोडक्ट फिडमा देखिनेछ । साथै नजिकैको इन्भेन्ट्रीको जानकारी समेत पाउन सकिनेछ । गुगलको यो फिचरको सहयोगमा इलेक्ट्रोनिक, ब्युटी र मोबाइल प्रोडक्ट खरिद गर्न सकिनेछ ।

२. सर द लुक

यो फिचरले प्रयोगकर्तालाई प्रभावकारी नतिजा दिनेछ । यसको मतलव यदि तपाईँले बम्बर ज्याकेट सर्च गर्नु भयो भने यो टुलले बम्बर ज्याकेटसँगै तस्वीर देखाउनेछ । साथै कुन लोकेसनमा गएर कम्प्लिमेन्ट्री पिस खरिद गर्न सकिनेछ भन्ने कुरा समेत यसैबाट थाहा पाउन सकिनेछ ।

३. ट्रेन्डिङ शपिङ

​यो सर्च फिचरले लोकप्रिय सामग्रीको सूची देखाउनेछ । जसबाट प्रयोगकर्ताले पछिल्ला मोडेल, स्टाइल र ब्रान्डको जानकारी प्राप्त गर्न सक्नेछन् ।

४. थ्रीडी शपिङ

गुगलको तर्फबाट मसिन लर्निङका लाि थ्रीडी दृश्य सपोर्ट आउँदैछ । जसको सहयोगमा सामानलाई ३६० डिग्रीमा घुमाएर हेर्न सकिनेछ ।

५. शपिङ इन्साइट

यो फिचरको सहयोगमा प्रयोगकर्तालाई इन्साइट उपलब्ध गराइनेछ । जसले प्रयोगकर्ताको किनमेलमा सहयोग गर्नेछ । यसमा प्रयोगकर्तालाई कयौँ प्रकारका क्याटेगोरी उपलब्ध हुनेछन् । जसबाट प्रयोगकर्ताको शपिङ सहज हुनेछ ।

६. शपिङ लिङ्क

गुगल एपको यो फिचरको सहयोगमा प्रयोगकर्ताले सरसामानको विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । जसमा उक्त सामानमा के कस्ता कमजोरी छन् र केके राम्रो पक्ष छ भन्ने विषय समेटिनेछ । साथै सामानको रेटिङ समेत हेर्न सकिनेछ । गुगल पेज इनसाइट फिचर आगामी महिना अमेरिकामा सार्वजनिक गरिनेछ ।

७. पर्सनल रिजल्ट

प्रयोगकर्तालाई चाँडै नै पर्सनल रिजल्ट प्राप्त हुनेछ । यसमा प्रयोगकर्ताले आफ्नो शपिङ लिस्ट बनाउन सक्नेछन् । जसबाट पर्सनलाइज रजल्ट सहजै नियन्त्रण गर्न सकिनेछ ।

८. नयाँ शपिङ फिल्टर

शपिङका लागि नयाँ फिल्टर उपलब्ध हुनेछ । जसबाट रियल टाइम सर्च ट्रेन्ड्स थाहा पाउन सकिनेछ । यसको अर्थ यदि तपाईँ कुनै सामान खरिद गर्दै हुनुहुन्छ भने तपाईँले वाइड लेग र बुटकटका लोकप्रिय ट्रेन्डहरू प्राप्त गर्नु हुनेछ ।

९. सर्च बक्स

गुगल एपमा डिस्कभरको प्रयोग गरी तपाईँले स्टाइलमा आधारित शपिङ गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १४:४