close

८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ?

टेकपाना टेकपाना

असोज २०, २०७९ १४:५२

८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौं । रेड्मीले अन्तर्राष्ट्रिय बजारको लागि आफ्नो नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । मेटलबाट निर्मित यो रेड्मी प्याडको फ्रेम र ब्याकसाइड अल्मुनियमले तयार गरिएको छ । यो ट्याबलेटमा ९० हर्ज रिफ्रेस रेट सहितको १०.६१ इन्चको आईपीएस एलसीडी स्क्रिन दिइएको छ । ट्याबलेटमा ६ एनएमको मिडियाटेक हेलियो जी९९ प्रोसेसर उपलब्ध छ ।   
एन्ड्रोइड १२ मा आधारित यो ट्याबलेटमा १८ वाटको फास्ट चार्जिङ सँगै ८००० एमएएचको ब्याट्री छ । साथै यसमा चारओटा स्पिकर, ५.३ ब्लुटुथ, वाइफाइ सहित माइक्रो एसडी कार्डको लागि छुट्टै स्लट पनि उपलब्ध छ । ग्रेफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन गरी तीन कलरमा उपलब्ध यो ट्याबलेटमा ८-८ मेगापिक्सेलको मुख्य र फ्रन्ट क्यामेरा छ । 
कम्पनीले ३ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १८४ डलर (२४,००० रुपैयाँ) , ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको २२० डलर (करिब २९,००० रुपैयाँ) र ६ जीबी र्याम सहित १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २४५ डलर (३२,००० रुपैयाँ) तोकिएको छ । 
सबैभन्दा सुरुमा भारतमा सार्वजनिक भएको यो ट्याबलेट छिट्टै नै अरु देशहरूमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १५:२५