close

एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था

टेकपाना टेकपाना

असोज २०, २०७९ १६:३९

एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था

काठमाडौं । बिगत केही दिन देखि लगातार परिरहेको बर्षाको कारण देशका विभिन्न मुख्य राजमार्गहरू अबरुद्ध भएका छन् । निरन्तरको वर्षा र बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङ खण्ड लगायत अन्य सडकखण्डमा पहिरो जाने क्रम जारी छ । दशैंको समयमा यात्रा गर्ने यात्रुहरूको लागि यसले असहजता पैदा गरेको छ ।

यद्यपि एसएमएस मार्फत मुग्लीन-नारायगढ खण्डको सडकको वास्तविक अवस्था पत्ता लगाउन सकिन्छ । यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर highwaynow टाइप गर्नुहोस् । यसपछि उक्त एसएमएस ३१००३ मा सेन्ड गर्नुहोस् ।

यसपछि सो समयमा मुग्लीन-नारायणगढ सडक बन्द छ, पहिरो गएको छ, खुलेको छ वा खुल्ने क्रममा छ लगायतका रियल टाइम सूचना प्राप्त गर्न सक्नुहुनेछ । साथै थप जानकारीको लागि एसएमएसमा सम्बन्धित ट्राफिक प्रहरी कार्यलयको नम्बर पनि उपलब्ध गराइएको हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १६:३९