close

नबिल बैंकको डिजिटल दक्षिणा: मोबाइल टपअपमा २० प्रतिशतसम्म क्याशब्याक अफर

टेकपाना टेकपाना

असोज २१, २०७९ ९:५४

नबिल बैंकको डिजिटल दक्षिणा: मोबाइल टपअपमा २० प्रतिशतसम्म क्याशब्याक अफर

काठमाडौं । दशैँको अवसरमा नबिल बैंकले यो दशैँमा डिजिटल दक्षिणा अफर ल्याएको छ । नबिल बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने प्रयोगकर्ताहरूको लागि बैंकले यो अफर ल्याएको हो । अफर अन्तर्गत प्रयोगकर्ताले २० प्रतिशतसम्मको अथवा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 
यसको लागि प्रयोगकर्ताले आफ्नो वा अरु कसैको मोबाइलमा नबिल बैंकको मोबाइल बैंकिङ सेवाबाट टपअप गर्नुपर्ने हुन्छ । मोबाइल टपअप गर्ने पहिलो १०० जना प्रयोगकर्ताले मात्र २० प्रतिशत क्याशब्याक अथवा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । यसरी क्याशब्याकमा आएको रकम दशैँ सकिएको एक हप्ता पछि मात्र उपलब्ध गराइने बैंकले जनाएको छ । 
यो अफर आज एक दिनको लागि मात्र मान्य हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १९:३२