close

१० करोड डलर भन्दा बढिको क्रिप्टो चोरी भएपछि बाइनान्सले रोक्यो कारोबार

टेकपाना टेकपाना

असोज २१, २०७९ १६:५९

१० करोड डलर भन्दा बढिको क्रिप्टो चोरी भएपछि बाइनान्सले रोक्यो कारोबार

काठमाडौं । क्रिप्टो कम्पनी बाइनान्सले बिहीबारबाट आफ्नो कारोबार रोक्का गरेको छ । कम्पनीले आफ्नो स्मार्ट चेन (बीएससी) टोकनको ब्लकचेन नेटवर्क ह्याक भएर क्रिप्टोकरेन्सी चोरी भएको थाहा पाएपछि केही समयको लागि आफ्नो प्लेटफर्ममा क्रिप्टो कारोबार रोक्का गरेको हो ।

प्रारम्भिक रिपोर्टले ह्याकरले ५ करोड डलर बराबरको क्रिप्टो चोरी भएको बताइए पनि बाइनान्सका प्रमुख कार्यकारी चांगपेङ झाओले यो ह्याकिङकमा १० करोड देखि ११ करोड डलर सम्मको बिट्क्वाइन चोरी भएको हुनसक्ने बताएका छन् । 

यद्यपि कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई भने उनीहरूको क्रिप्टो सुरक्षित रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार ह्याकरले नक्कली टोकन बनाएर असली टोकनसँग एक्सचेन्ज गरी टोकन चोरी गरेका थिए । यसपछि ह्याकरले उक्त क्रिप्टोलाई अन्य सम्पत्ति जस्तै पैसामा रुपान्तरण गर्ने कोसिस गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि ती ह्याकरहरू यो काममा सफल भए वा भएनन् भन्ने विषयमा भने अझै कुनै जानकारी आइसकेको छैन ।  
 

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १७:१४