close

डिजिटल मार्केटिङ सम्बन्धी निःशुल्क सेमिनार गर्दै एसडी टेक

टेकपाना टेकपाना

असोज २५, २०७९ १३:३२

डिजिटल मार्केटिङ सम्बन्धी निःशुल्क सेमिनार गर्दै एसडी टेक

चितवन । भरतपुरमा कार्यालय रही डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको कम्पनी एसडी टेक कम्पनीले एक दिने निःशुल्क डिजिटल मार्केटिङ सम्बन्धी सेमिनार सञ्चालन गर्ने भएको छ ।

साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिङको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले सेमिनार आयोजना गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक सौगात देवकोटाले बताए ।

उनका अनुसार सेमिनारमा सहभागीलाई आफ्नो व्यवसाय प्रवर्द्धनका लागि सामाजिक सञ्जालको प्रयोग, गुगल बिजनेस प्रोफाइल, बेसिक ग्राफिक डिजाइनिङ, व्यवसायमा वेबसाइटको प्रयोग आदि लगायत डिजिटल मार्केटिङको प्रयोग बारेमा तालिम दिइने छ । 

 सहभागीलाई एसडी टेकसँगै नारायणी वेब टेक्नोलोजी र भी ग्रुप कम्पनीका प्रतिनिधिले तालिम प्रदान गर्ने जनाइएकाे छ ।

असोज ३१ गते बुधबार हुने उक्त सेमिनारमा सहभागी हुन यस फारममा आफ्नो विवरण राखी दर्ता गर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १३:३३