close

काठमाडौंमा २ दिने ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ आयोजना हुँदै

टेकपाना टेकपाना

असोज २६, २०७९ १३:२१

काठमाडौंमा २ दिने ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ आयोजना हुँदै

काठमाडौं । आउँदो कात्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । लिभिङ विथ आईसीटीको आयोजनामा हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहने बताइएको छ ।

काठमाडौं बाहिरका ४० बढी स्टार्टअप र आईसीटी अवार्ड २०२२ को प्रतिस्पर्धा छनौट भएका उत्कृष्ट १२ सहित १०० बढी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन । यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ ।

यस फेस्टमा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आइडियाका सस्थापकहरुलाई किंङ्स कलेजले तीन दिनको बुटक्याम्प सञ्चालन गर्नेछ ।

यसैगरी विभिन्न आईटी कम्पनीमा भिजट र मेन्टरिङका सेसनहरु पनि सञ्चालन हुनेछ ।

फेस्टमा आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका शीर्ष १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउनेछन । उनीहरुलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।

उत्कृष्ट ५ को छनौटको लागि उनीहरुले सोही दिन प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागि हुनेछ । यसबाहेक अन्य राम्रा इन्नोभेसनहरु भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ । 

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ १३:२१