close

निजी विमानमा स्टारलिंक इन्टरनेट सेवा दिन एलन मस्क तयार

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ ८:९

निजी विमानमा स्टारलिंक इन्टरनेट सेवा दिन एलन मस्क तयार

काठमाडौं । स्पेसएक्सले निजी विमानमा ईन-फ्लाइट वाई-फाई उपलब्ध गराउने घोषणा गरेको छ । एलन मस्कले स्थापना गरेको कम्पनी स्पेसएक्सले स्टारलिंक नेटवर्कमार्फत स्याटलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

यसैबीच कम्पनीले निजी विमानहरूमा इन्टरनेट उपलब्ध गराउन तयार रहेको घोषणा गरेको हो । संसार जति नै विकट भूगोलमा इन्टरनेटको पहुँच पुर्‍याउनका लागि कम्पनीले स्टारलिंकको स्थापना गरेको हो । यसैबीच कम्पनीले निजी विमानको लागि सेवा खुलाएको हो ।

कम्पनीका अनुसार निजी विमानमा स्टारलिंकको सेवाशुल्क जडान र मासिक सेवा शुल्क गरी दुई भागमा बाँडिएको छ । जडान शुल्क १५०,००० डलर लाग्नेछ भने मासिक शुल्क १२,५०० डलर देखि २५,००० डलर सम्म हुने कम्पनीको भनाई छ ।

निजी विमानको लागि इन्टरनेट सेवाको परिक्षण भइरहेको र आधिकारिक रुपमा सेवा सन् २०२३ को मध्यदेखि सुरु हुने कम्पनीको भनाइ छ ।

यो सेवामा डाउनलोड स्पिड ३५० एमबीपीएसको हुने बताइएको छ । यो सेवामार्फत यात्रुले आफ्नो निजी विमानमा भिडिओ कल, अनलाइन गेम, भर्चुअल मिटिङ लगायत अन्य हाइ डेटा आवश्यक भएका गतिविधिहरू गर्न सक्ने कम्पनीको भनाइ छ । हाल पृथ्वीको तल्लो कक्षमा स्टारलिंकको २००० ओटा स्याटलाइटहरू छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ ८:९