close

वेबसर्फरको तिहार अफर: १२ सय ४९ रुपैयाँमै ३३३ एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ १५:४

वेबसर्फरको तिहार अफर: १२ सय ४९ रुपैयाँमै ३३३ एमबीपीएस इन्टरनेट

 काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरले तिहारलाई लक्षित गर्दै 'तिहार सुपर जम्बो' अफर ल्याएको छ । यस अफर अन्तर्गत वेबसर्फर इन्टरनेटको वार्षिक जडानमा प्रयोगकर्ताले मासिक १,२४९ रुपैयाँ तिरेर ३३३ एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

यसको अर्थ एक वर्षको शुल्क एकैपटक तिर्दा ग्राहकले मासिक १,२४९ रुपैयाँमा ३३३ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन् । वार्षिक प्याकेज खरिद गर्दा प्रयोगकर्ताले १४ हजार ९९० रुपैयाँमै ३३३ एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने छ ।

यसका साथै यसमा निःशुल्क आईपीटिभी, डुअल ब्यान्ड फाइभजी राउटर प्राप्त गर्नेछन् । साथै स्काईकमको आईपीटिभी बक्स र स्काइकमको फूलएचडी प्याकेज पनि निशुल्क रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा निःशुल्क इन्टरनेट जडान पनि गरिनेछ ।
 
यही प्याकेज दुईवर्षका लागि खरिद गर्दा २५ हजार ५०० रुपैयाँ मात्रै लाग्ने जनाइएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ १५:४