close

ट्वीटर खरिद गरेपछि ७५ प्रतिशत कर्मचारी हटाउन चाहन्छन् एलन मस्क

टेकपाना टेकपाना

कात्तिक ७, २०७९ २०:१७

ट्वीटर खरिद गरेपछि ७५ प्रतिशत कर्मचारी हटाउन चाहन्छन् एलन मस्क

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि उक्त कम्पनीका ७५ प्रतिशत कर्मचारी हटाउन चाहेकाे अभिव्यक्ति दिएका छन् । यसको अर्थ मस्कले कम्पनी आफ्नो स्वामित्वमा लिएको खण्डमा ५६०० कर्मचारी रोजगारविहीन हुनेछन् ।

बिहीबार अन्तर्राष्ट्रिय सञ्चार माध्यम द वाशिङटन पोस्टमा प्रकाशित समाचार अनुसार मक्सले आफ्ना सम्भावित लगानीपछि कर्मचारी हटाउने कुरा बताएका हुन् । विभिन्न अन्तर्वार्ता र कागजातबाट तयार पारिएको उक्त रिपोर्टका अनुसार कम्पनीको स्वामित्व जोसुकैसँग भए पनि आगामी महिनामा रोजगारी कटौती हुने अपेक्षा गरिएको छ ।

ट्वीटरको आर्थिक अवस्थाका कारण थुप्रै लगानीकर्ता चिन्तित छन् । विभिन्न आलोचनाले गर्दा ट्वीटरले आफ्नो कार्यबल (कर्मचारी सङ्ख्या) घटाउने योजना बनाइरहेको थियो । तर एक चौथाइ कर्मचारी घटाउने कुरा भने आधिकांश मानिसहरूको कल्पना बाहिरको कुरा हो ।

वाशिङटन पोस्टमा ट्वीटरले पहिले नै आफ्नो कार्यबल घटाउने ७५ प्रतिशत कर्मचारी कटौती गर्ने योजना बनाएको थियो । मस्कले कथित रूपमा विगत केही महिनादेखि आफ्ना विभिन्न आक्रमक योजनाहरू बाहिर ल्याएका छन् । जहाँ उनका शब्द र वास्तविकताबीच धेरै भिन्नता रहेको प्रष्ट देख्न सकिन्छ ।

केही समयअघि उनी आफैं ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेका थिए । अहिले भने मस्कले पनि कम्पनी आफ्नो स्वामित्वमा लिएको खण्डमा ७५ प्रतिशत कर्मचारी कटौती गर्ने बताएका छन् ।

एकैपटक यतिका कर्मचारी घटाउँदा कम्पनी कसरी सञ्चालन हुनसक्छ भन्ने कुरा कमै मान्छेले कल्पना गरेका छन् । ट्वीटरले भोगिरहेका विभिन्न महत्त्वपूर्ण समस्या समाधान गर्न मस्कले विभिन्न क्षेत्रमा थप लगानी ल्याउनुपर्ने हुन्छ । त्यसैले पनि कर्मचारी घटाएर कम्पनीलाई कम आर्थिक भार पार्नुपर्ने हुन्छ ।

कम्पनी कसले अधिग्रहण गर्छ भन्ने कुराको अन्तिम निर्णय आउन केही दिनमात्र बाँकी छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ २०:१७