close

२१० वाट फास्ट चार्जिङ र २०० मेगापिक्सेल क्यामेरा भएको रेड्मीको पहिलो फोन सार्वजनिक हुँदै

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ ९:२०

२१० वाट फास्ट चार्जिङ र २०० मेगापिक्सेल क्यामेरा भएको रेड्मीको पहिलो फोन सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आगामी बिहीबार रेड्मी नोट १२ सिरिज सार्वजनिक गर्ने भएको छ । यसअन्तर्गत कम्पनीले रेड्मी नोट १२ सिरिजका तीन ओटा मोडेल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

रेड्मी नोट १२, नोट १२ प्रो र नोट १२ प्रो प्लस तीन ओटै मोडेलमा मिडियाटेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग हुने अपेक्षा गरिएको छ । रेड्मी नोट १२ प्रोमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ७६६ मुख्य क्यामेरा सेन्सर रहने कम्पनीको भनाइ छ ।

यो सेन्सरमा २ माइक्राेमिटर फ्युजन पिक्सेल खिच्नसक्ने क्षमता रहेको छ । त्यस्तै नोट १२ मा ६७ वाट फआस्ट चार्जिङ, नोट १२ प्रोमा १२० वाट फास्ट चार्जिङ र नोट १२ प्रो प्लसमा २१० वाट फास्ट चार्जिङ समावेश हुने कम्पनीको भनाइ छ ।

रेड्मी नोट १२ प्रो प्लसमा भने २०० मेगापिक्सेलको मुख्य क्यामेरा सेन्सर र कर्भ्ड एमोलेड स्क्रिन हुने बताइएको छ ।

२१० वाटको फास्ट चार्जिङ र २०० मेगापिक्सेल क्यामेरा भएको रेड्मीको यो नै पहिलो फोन हो । त्यस्तै प्रो भन्दा प्रो प्लसमा धेरै भिन्नता भएको घटना पनि रेड्मीका लागि यो पहिलो भएको विश्लेषककाे भनाइ छ ।

यस फोनको ब्याट्री क्षमता, डिस्प्लेको आकार, रिफ्रेस रेट, मूल्य भने सार्वजनिक भएपछि नै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ ९:२६