close

अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १०:५८

अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने

काठमाडौं । युवाहरूलाई लक्षित गर्दै स्किल सेवले ‘लोकल बिजनेश पार्टनरसिप’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘जे गरौं नेपाल मै गरौं’ भन्ने नाराका साथ कम्पनीले ल्याएको यस योजनाअन्तर्गत स्किल सेवासँग मिलेर काम गर्न सकिने छ ।

त्यसका लागि कम्पनीले आवश्यक तालिम, वित्तिय जोखिम कभरेज, प्राविधिक सहयोग, मोबाइल एप तथा वेबसाइट समेत प्रदान गर्ने उल्लेख गरिएको छ । ‘कुनै पनि नयाँ व्यवसाय सुरु गर्दा त्यो व्यवसायको प्रकृति, ग्राहकको सही बुझाई, कामको प्रक्रिया बुझ्न आवश्यक छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुराले जोखिम अझ धेरै हुने हामीले विगत चार वर्ष देखि सिकेको ज्ञान, सीप, व्यवसायीक योजनामार्फत नयाँ उद्यमीलाई व्यवसाय गर्ने सहयोग गर्दै सँगै अघि बढ्ने योजना बनाएको छौं ।’

यस योजना अन्तर्गत काम गर्दा नयाँ व्यवसायीले केही लगानी गर्नुपर्छ । भने, बाँकी आवश्यक सहयोग स्किल सेवाले गर्नेछ । त्यसरी गरिएको लगानीको मालिन पूर्ण रुपमा सोही व्यक्ति हुने र कमाईको रकम भने बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस व्यवसायमा लोकल बिजनेश पार्टनरले आफ्नो क्षेत्रमा स्किल सेवाको सेवा विस्तार गर्न सक्नेछन् । स्किल सेवाले हाल हाउस इन्सपेक्सन, हाउस रिमोडलिङ, पेन्टिङ, पल्म्बिङ, विद्युतीय सेवा जस्ता ३० भन्दा धेरै सेवा उपलब्ध गराउँदै आएको छ । यस योजनामा आवद्द हुनका लागि ‘लोकल बिजनेश पार्टनर’ लाई आवश्यक फिल्ड वर्क बारे तालिम समेत प्रदान गरिने उल्लेख छ । 
 

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १०:५८