close

फेसबुकमा नोटिफिकेसन आएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १२:१६

फेसबुकमा नोटिफिकेसन आएन ? यसो गर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा हामी अभ्यस्त हुन थालेका छाैं । व्यक्तिगत प्रयोजनका लागि होस् वा व्यावसायिक प्रयोजनका लागि होस्, फेसबुक हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । व्यक्तिगत रूपमा फेसबुक प्रयोग गरिरहँदा हामी आफूले चिनेका साथीहरूसँग अन्तर्क्रिया गर्न रुचाउँछौँ ।

समाचार पढ्नका लागि मिडियाका पेजहरू पछ्याउँछौँ, रुचि लागेको क्षेत्रसँग सम्बन्धित ग्रुपमा जोडिन्छौँ । यसरी आफूले जानेका कुराहरू शेयर गर्न होस् वा केही कुरा सिक्नका लागि होस्, फेसबुकले हामीलाई विभिन्न पक्षमा सघाएको हुन्छ ।

फेसबुक प्रयोग गरिरहँदा हामी त्यसका फिचरमा अभ्यस्त हुन्छौँ भने कतिपय फिचर हाम्रा लागि अज्ञात नै हुने गर्छन् । त्यस्तै फेसबुक प्रयोग गरिरहँदा हामीले त्यसको सेटिङ बिगारेर कुनै पनि नोटिफिकेसन नआउने बनाएका हुन सक्छौँ ।

आज हामी फेसबुकमा नोटिफिकेसन नआउने समस्याबाट कसरी मुक्त हुने भन्ने विषयमा जानकारी दिँदैछौँ । कतिपय अवस्थामा हामीलाई फेसबुकमा आउने नोटिफिकेसनले दिक्क बनाएको हुनसक्छ । यसबाट मुक्त हुन नोटिफिकेसन बन्द गर्न खोज्दा हामीले सबै नोटिफिकेसन बन्द गरेको हुनसक्छौँ ।

फेसबुकमा नोटिफिसेसन अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् । सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

त्यसपछि सबैभन्दा माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

त्यसपछि स्क्रोल गर्दै तल गएर 'सेटिङ एन्ड प्राइभेसी'को अप्सन छान्नुहोस् ।

त्यसपछि 'सेटिङ'मा ट्याप गर्नुहोस् ।

-माथि सर्च बक्समा गएर नोटिफिकेसन (Notification) सर्च गर्नुहोस् ।

-त्यसपछि सबैभन्दा माथि रहेको 'नोटिफिकेसन सेटिङ​'मा ट्याप गर्नुहोस् ।

-अब त्यहाँ कुन कुन कुराको नोटिफिकेसन आउँछ भन्ने अप्सनहरू देख्न सकिन्छ । (उदाहरणका लागि कमेन्ट, ट्याग, रिमाइन्डर, अपडेट फ्रम फ्रेन्ड्स, फ्रेन्ड रिक्वेस्ट)

(उदाहरणका लागि हामी यहाँ अपडेट्स फ्रम फ्रेन्ड (Updates from Friends) मा गयौँ ।)

यहाँ 'अलाउ नोटिफिकेसन अन फेसबुक' अप्सन अफ रहेको छ । यसलाई अन गर्दा पुश नोटिफिकेसन, ईमेल, एसएमएस आदि अफ भएको देखिन्छ ।

तपाईँलाई उक्त नोटिफिकेसन कुन माध्यममा आश भन्ने चाहना छ त्यो अप्सन पनि अन गर्नुहोस् । यसरी फेसबुकमा नोटिफिकेसन अन गर्न सकिन्छ । त्यस्तै यही प्रक्रिया अपनाएर नोटिफिकेसन अफ गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १२:५५